
मुम्बई क्रुज ड्र’ग्स केसमा जाँचको आँच बढेर अब नायिका अनन्या पाण्डेसम्म पुगेको छ । बिहिबार उनलाई सवा दुई घण्टा सोधपुछपछि एनसीबीले उनलाई आज बिहान ११ बजे पुनः बोलाएको छ ।
अनन्या बिहिबार तोकिएको समयभन्दा दुई घण्टा ढिलो गरी बेलुकी ४ बजे एनसीबी अफिस पुगेकी थिइन् र करिब ६ बजेर १५ मिनेटमा आफ्ना पिता चंकी पाण्डे र वकिलसँग एनसीबीको कार्यालयबाट बाहिर निस्किएकी थिइन् ।
अनन्यासँग आज आर्यनसँगको ह्वाट्सएप च्याट देखाएर प्रश्न सोध्न सकिने सम्भावना रहेको भारतीय सञ्चार माध्यमले बताएका छन् । एनसीबी आर्यन खान र अनन्या पाण्डेको च्याटको अनुसन्धान गरिरहेको छ ।
उनीहरुका विद्युतीय उपकरण पनि जफत गरिएका छन् । स्मरण रहोस्, एनसीबीले बिहिनबार मुम्बईको बान्द्रा इलाकास्थित अनन्या पाण्डेको घरमा छापामारी गरेको थियो । उक्त छापामारी अनन्याको पाली हिलमा अवस्थित फ्ल्याटमा गरिएको थियो । छापा पछि अनन्यालाई सोधपुछका लागि बोलाइएको थियो ।
एनसीबीका अधिकारीले उनीहरुको घरबाट एउटा ल्यापटप, फोन र अन्य विद्युतीय उपकरण जफत गरेका थिए ।
कैलालीको लम्कीचुहा-२ का खडकबहादुर घर्तीले दसैंपछि पनि एक-दुई दिन कर्णालीको ताजा माछा खाने योजना बनाए। उनी पहिला पनि माछा मार्न कर्णालीमा गइरहन्थे। यसपटक दाइको छोरा विक्रम र ज्वाइँ खडक डाला मगर पनि उनीसँगै जान तयार भए। सोमबार दिउँसो ३ बजेतिर उनीहरू घरबाट निस्किए। चिसापानी नजिकैको ढुंगेबजारमा उनीहरूले ट्युबमा हावा भरे।
पछि पनि हावा हाल्न काम लाग्ला भनेर पम्प साथमै बोकेका थिए। ‘हावा भरेर हामी चिसापानीको पुलको तलतिरबाट ट्युबमा ब गा यौं, बगेर ओ ह्रालो जान बढीमा आधा घन्टा लाग्यो,’ खडकबहादुरले भने। उनीहरू घरबाट निस्कँदा आकाशमा बादल थियो। अघिल्लो रात पानी परेको थियो। कर्णालीमा पानी बढेको थिएन। उनीहरू माछा मार्न लालमटिया पुगे। ‘माथि चिसापानी आसपासमा माछा मा र्ने धेरै जना हुन्छन् भनेर हामी तल गइयो,’ उनले भने।
लालमटिया ढुंगेबजारबाट १० किलोमिटर जति टाढा पर्छ। उनीहरूले ट्युबमै बल्छी, पानी परे ओढ्ने बर्साती, खाना पकाउने भाँडाकुँडा झोलामा बोकेका थिए। मोबाइल उनीहरूसँग थिएन। लालमटिया पुगेपछि उनीहरूले साना बल्छीका लागि गड्यौला खोजे। ठूलो बल्छीमा साना माछा नै चारो बनाएर हाल्ने गरेका थिए। बेलुका ६ बजेतिर बल्छी कर्णालीमा थापेर ज्वाइँले हेर्ने जिम्मा पाए। खडकबहादुर र भतिजा नदीबाट अलि माथि अग्लो ठाउँमा भात पकाउन लागे।
‘म र भतिजा दाउरा भाँचेर खाना बनाउनतिर लाग्यौं, ज्वाइँ बल्छी थापेर बस्नुभयो,’ उनले भने। भात पाकेपछि ज्वाइँले बल्छीमा परेका ८-९ वटा माछा लिएर आए। उनीहरूले माछाको तरकारी र भात खाए। ‘हामी राति माछा मार्ने योजनामा थियौं, त्यसैले बेडविस्तारा लगेनौं, बर्सातीले पालजस्तो बनाएर टहरो बनाएका थियौं,’ उनले भने। कात्तिकको महिनामा पानी परेर बाढी नै आउला भन्ने उनीहरूले कल्पना पनि गरेका थिएनन्।
‘अलिअलि पानी धमिलो भएका बेला माछा लाग्छ भनेर गइयो,’ उनले थपे। बेलुकाको खानापछि पहिलो पल्ट बल्छी हेर्न जाँदा पानी परेको थिएन। दोस्रो पटक हेर्न जाँदा पानी पर्न थालेको थियो। कर्णालीमा पानी बढ्दै गयो। उनीहरू पनि किनारातिर बल्छी सार्न थाले। ‘सर्दै जादा बर्षामा पनि नपुगेको ठाउँमा पानी पुगेपछि बल्छी उठायौं, अघि भात पकाएको ठाउँमा गएर बस्यौं,’ उनले भने। त्यसपछि उनीहरू ‘एकछिन विचार गरौं’ भनेर पर्खे। छाप्रोमै केहीबेर बसेका उनीहरूले त्यो रात १० बजेतिर लगातार पानी परेको पर्यै र कर्णाली बढेको बढ्यै भएपछि माछा मार्न पाएनन्।
‘पानीले टहरो बाहिर जान पनि सकिएन। बर्साती हालेर पाल बनाएर मुनि बसेका थियौं। पानी आउँदा-आउँदै हामी बसेको ठाउँमा पनि पुग्यो,’ उनले भने। अब हुँदैन भा ग्नु पर्छ भनेर अग्लो ठाउँमा जान उनीहरू त्यहाँबाट भा गे। जंगलमा कहिल्यै नपसेको ठाउँमा गए। अलि माथि अग्लो ठाउँ पुगेपछि बसे। आगो बालेर माछा से क्न थाले। ‘त्यसपछि त हामी बसेको सुख्खा ठाउँमा खोलाजस्तो भएर बाढी आयो। अझ जंगलै जंगल माथि लाग्यौं। अब माथि पनि बाटो पाइएन,’ उनले भने। मध्यरातसम्म सुरक्षित ठाउँमा नपुगेपछि उनीहरू पानीले घेरिए।
FacebookTwitterRedditShare via EmailPrint
Related Articles
Photo of आफ्नै अभिव्यक्तिले फ,सिन रामकुमारी झाँक्री! जेल हाल्ने ओलीको तयारी,
आफ्नै अभिव्यक्तिले फ,सिन रामकुमारी झाँक्री! जेल हाल्ने ओलीको तयारी,
February 2, 2021
Photo of बुढेशकालमा पाँच अ’पा’ङ्ग छोराछोरी हेरचाहमा व्यस्त छन् सृजना
बुढेशकालमा पाँच अ’पा’ङ्ग छोराछोरी हेरचाहमा व्यस्त छन् सृजना
2 weeks अघि
Photo of १ करोड मा तयार भएको भवन, के १ करोड लाग्ला र ? प्रतिक्रिया दिन फोटोमा छोएर भित्र जानुहोला
१ करोड मा तयार भएको भवन, के १ करोड लाग्ला र ? प्रतिक्रिया दिन फोटोमा छोएर भित्र जानुहोला
February 6, 2021
Check Also
Close
समाचारPhoto of दुधे बालिका देखि वृद्धालाई सम्म नछाड्ने यौनपिपासुहरूलाई फाँसी दिने कानुन बनाएर नारीहरूको रक्षा गर्न किन हिचकिचाउँछ सरकार ?
दुधे बालिका देखि वृद्धालाई सम्म नछाड्ने यौनपिपासुहरूलाई फाँसी दिने कानुन बनाएर नारीहरूको रक्षा गर्न किन हिचकिचाउँछ सरकार ?
October 3, 2020
ताजा अपडेट
Photo of आर्यन र अनन्याबिचको ह्वाट्सएप च्याटको आज अनुसन्धान गर्दै एनसीबी
आर्यन र अनन्याबिचको ह्वाट्सएप च्याटको आज अनुसन्धान गर्दै एनसीबी
33 seconds अघि
Photo of प्रचण्ड जीपलाइनमा सरर…
प्रचण्ड जीपलाइनमा सरर…
14 mins अघि
Photo of आफ्नै आमालाई सिxध्याxउxन दु,ब,ई,मा नै ब,ना,ए,का थि,ए य,स्तो खxतxरxनाxक यो,ज,ना!
आफ्नै आमालाई सिxध्याxउxन दु,ब,ई,मा नै ब,ना,ए,का थि,ए य,स्तो खxतxरxनाxक यो,ज,ना!
48 mins अघि
Photo of श्रीमानको मृxत्युको भोलिपल्ट छोरी जन्मिएपछि भो,क भो,कै ३ दिनको सुत्केरी,रुदै आए परिवारनै मिडियामा-भिडियो सहित
श्रीमानको मृxत्युको भोलिपल्ट छोरी जन्मिएपछि भो,क भो,कै ३ दिनको सुत्केरी,रुदै आए परिवारनै मिडियामा-भिडियो सहित
1 hour अघि
Photo of ब,ला,त्का,रका अभियुक्त आ,ठ व,र्षपछि प,क्रा,उ
ब,ला,त्का,रका अभियुक्त आ,ठ व,र्षपछि प,क्रा,उ
1 hour अघि
job vacancy
धेरै पढिएको
Photo of तोलामा साढे १६ हजारले घट्यो सुनको मूल्य, सुन व्यवसायी भन्छन् अझै घट्ने क्रम जारी
तोलामा साढे १६ हजारले घट्यो सुनको मूल्य, सुन व्यवसायी भन्छन् अझै घट्ने क्रम जारी
September 19, 2021
Photo of मलेसियामा नेपालीले नेपालीलाइ नै कु टेर म र्नु न बाँच्नु बनाएर फा लेपछी (भिडियो हेर्नुस्)
मलेसियामा नेपालीले नेपालीलाइ नै कु टेर म र्नु न बाँच्नु बनाएर फा लेपछी (भिडियो हेर्नुस्)
4 weeks अघि
Photo of चर्चित नायिका प्रियंका कार्कीले मध्यरातमा दिइन् छोरीलाई जन्म…
चर्चित नायिका प्रियंका कार्कीले मध्यरातमा दिइन् छोरीलाई जन्म…
September 22, 2021
Photo of कन्चनले संसार छाडेपनी अनिशा र कन्चनको यो प्रेमिल भिडियो अझै भाइरल भइरहेको छ (भिडियो हेर्नुस)
कन्चनले संसार छाडेपनी अनिशा र कन्चनको यो प्रेमिल भिडियो अझै भाइरल भइरहेको छ (भिडियो हेर्नुस)
March 7, 2021
Photo of प्रेमिकाले प्रेमिकाे सामान का,टनुकाे कारण ब,ल्ल खुल्याे ।
प्रेमिकाले प्रेमिकाे सामान का,टनुकाे कारण ब,ल्ल खुल्याे ।
September 13, 2021
© Copyright 2021, All Rights Reserved | Back to top button