सोमबार १३ मंसिर २०७८

महाकाली नदिको बा ढीले ४ लेनको बाटोको डेढ कि.मी सडक खण्ड भत्काएको छ ।नदिको उच्च बहावको कारण सडक खण्ड भत्किएको हो ।बा ढीले भुजेला खोलादेखि दक्षिण उत्तर क्षेत्रको सडकमार्ग भत्काएको हो ।

नदिको तीब्र गतिले अझै सडकको कटान जारी राखेको छ ।सडक मार्ग भत्किएपछि नदि अहिले गाउँघर भित्र पस्न थालेको छ ।बिनपा १२ को वडा कार्यलय,अस्पताल,आयोजना क्याम्प लगायतको क्षेत्रमा बा ढी पसेको छ ।

बा ढीले महाकाली क्षेत्रको नगरभित्र पसेपछि अहिले मान्छेहरु सुरक्षीत स्थानमा सर्दै छन् ।भीषण बा ढीले मानवीय र भौतिक क्षति समेत गरेको हुँदा स्थानीय सरकारले यस विषयमा उचित ध्यान दिन आवस्यक देखिन्छ ।

कैलालीको लम्कीचुहा-२ का खडकबहादुर घर्तीले दसैंपछि पनि एक-दुई दिन कर्णालीको ताजा माछा खाने योजना बनाए। उनी पहिला पनि माछा मार्न कर्णालीमा गइरहन्थे। यसपटक दाइको छोरा विक्रम र ज्वाइँ खडक डाला मगर पनि उनीसँगै जान तयार भए। सोमबार दिउँसो ३ बजेतिर उनीहरू घरबाट निस्किए। चिसापानी नजिकैको ढुंगेबजारमा उनीहरूले ट्युबमा हावा भरे।

पछि पनि हावा हाल्न काम लाग्ला भनेर पम्प साथमै बोकेका थिए। ‘हावा भरेर हामी चिसापानीको पुलको तलतिरबाट ट्युबमा ब गा यौं, बगेर ओ ह्रालो जान बढीमा आधा घन्टा लाग्यो,’ खडकबहादुरले भने। उनीहरू घरबाट निस्कँदा आकाशमा बादल थियो। अघिल्लो रात पानी परेको थियो। कर्णालीमा पानी बढेको थिएन। उनीहरू माछा मार्न लालमटिया पुगे। ‘माथि चिसापानी आसपासमा माछा मा र्ने धेरै जना हुन्छन् भनेर हामी तल गइयो,’ उनले भने।

लालमटिया ढुंगेबजारबाट १० किलोमिटर जति टाढा पर्छ। उनीहरूले ट्युबमै बल्छी, पानी परे ओढ्ने बर्साती, खाना पकाउने भाँडाकुँडा झोलामा बोकेका थिए। मोबाइल उनीहरूसँग थिएन। लालमटिया पुगेपछि उनीहरूले साना बल्छीका लागि गड्यौला खोजे। ठूलो बल्छीमा साना माछा नै चारो बनाएर हाल्ने गरेका थिए। बेलुका ६ बजेतिर बल्छी कर्णालीमा थापेर ज्वाइँले हेर्ने जिम्मा पाए। खडकबहादुर र भतिजा नदीबाट अलि माथि अग्लो ठाउँमा भात पकाउन लागे।

‘म र भतिजा दाउरा भाँचेर खाना बनाउनतिर लाग्यौं, ज्वाइँ बल्छी थापेर बस्नुभयो,’ उनले भने। भात पाकेपछि ज्वाइँले बल्छीमा परेका ८-९ वटा माछा लिएर आए। उनीहरूले माछाको तरकारी र भात खाए। ‘हामी राति माछा मार्ने योजनामा थियौं, त्यसैले बेडविस्तारा लगेनौं, बर्सातीले पालजस्तो बनाएर टहरो बनाएका थियौं,’ उनले भने। कात्तिकको महिनामा पानी परेर बाढी नै आउला भन्ने उनीहरूले कल्पना पनि गरेका थिएनन्।

‘अलिअलि पानी धमिलो भएका बेला माछा लाग्छ भनेर गइयो,’ उनले थपे। बेलुकाको खानापछि पहिलो पल्ट बल्छी हेर्न जाँदा पानी परेको थिएन। दोस्रो पटक हेर्न जाँदा पानी पर्न थालेको थियो। कर्णालीमा पानी बढ्दै गयो। उनीहरू पनि किनारातिर बल्छी सार्न थाले। ‘सर्दै जादा बर्षामा पनि नपुगेको ठाउँमा पानी पुगेपछि बल्छी उठायौं, अघि भात पकाएको ठाउँमा गएर बस्यौं,’ उनले भने। त्यसपछि उनीहरू ‘एकछिन विचार गरौं’ भनेर पर्खे। छाप्रोमै केहीबेर बसेका उनीहरूले त्यो रात १० बजेतिर लगातार पानी परेको पर्‍यै र कर्णाली बढेको बढ्यै भएपछि माछा मार्न पाएनन्।

‘पानीले टहरो बाहिर जान पनि सकिएन। बर्साती हालेर पाल बनाएर मुनि बसेका थियौं। पानी आउँदा-आउँदै हामी बसेको ठाउँमा पनि पुग्यो,’ उनले भने। अब हुँदैन भा ग्नु पर्छ भनेर अग्लो ठाउँमा जान उनीहरू त्यहाँबाट भा गे। जंगलमा कहिल्यै नपसेको ठाउँमा गए। अलि माथि अग्लो ठाउँ पुगेपछि बसे। आगो बालेर माछा से क्न थाले। ‘त्यसपछि त हामी बसेको सुख्खा ठाउँमा खोलाजस्तो भएर बाढी आयो। अझ जंगलै जंगल माथि लाग्यौं। अब माथि पनि बाटो पाइएन,’ उनले भने। मध्यरातसम्म सुरक्षित ठाउँमा नपुगेपछि उनीहरू पानीले घेरिए।

 

 


Last Updated on: October 22nd, 2021 at 3:57 pm
१३२ पटक हेरिएको

तपाईको प्रतिक्रिया