
काठकाडौं। साहसिक खेलकी सौखिन एक महिलाको बन्जीजम्पका क्रममा ज्या न गएको छ । यी महिलाले बन्जीजम्प गर्ने क्रममा उनको खुट्टा बाँ धि ए को डोरी चुँ, डि, ए, पछि ८० फिट तल खसेर उनको मृ,x त्यु भएको हो । यो घटनाको भिडियो पनि सार्वजनिक भएको छ । भिडियोमा महिलाले छतमा बन्जी जम्पको तयारी गरिरहेको र उनी हाx म्फा xलेx पछि दxर्दxनाxक दुर्घटना भएको देख्न सकिन्छ ।
डेलीमेलको रिपोर्टअनुसार कजाखस्तानकी ३३ वर्षकी येवजिनिया लिओन्तिभा अ ाफ्ना पति र साथीहरुसँग एक होटलमा गएकी थिइन् । लिओन्तिभा ३ बच्चाकी आमा थिइन् । उनीहरु गएको होटलको छतमा बन्जी जम्प भइरहेको थियो । लिओन्तिभाले पनि बज्नी जम्प गर्ने इच्छा देखाइन् र छतमा गइन् । तर, उनी हा,x म्फा,x ले,x पछि उनलाई अड्याउनुपर्ने डोरी चुँx डिx यो र उनी भुइँमा खसिन् ।
लिओन्तिभा करिब ८२ फिट उचाइबाट भुइँमा खसेकी थिइन् । उनलाई तत्काल अस्पताल लगिएकोमा उपचारको क्रममा उनको मृ,x त्यु भयो । रिपोर्टका अनुसार उनले यसअघि पनि बन्जी जम्प गरेकी थिइन् । पुलिसले यो घटनामा ह,x त्याको कोणबाट पनि जाँच गरिरहेको छ । बन्जी जम्पिङका मालिकलाई पxक्राxउ गरिएको छ ।
कैलालीको लम्कीचुहा-२ का खडकबहादुर घर्तीले दसैंपछि पनि एक-दुई दिन कर्णालीको ताजा माछा खाने योजना बनाए। उनी पहिला पनि माछा मार्न कर्णालीमा गइरहन्थे। यसपटक दाइको छोरा विक्रम र ज्वाइँ खडक डाला मगर पनि उनीसँगै जान तयार भए। सोमबार दिउँसो ३ बजेतिर उनीहरू घरबाट निस्किए। चिसापानी नजिकैको ढुंगेबजारमा उनीहरूले ट्युबमा हावा भरे।
पछि पनि हावा हाल्न काम लाग्ला भनेर पम्प साथमै बोकेका थिए। ‘हावा भरेर हामी चिसापानीको पुलको तलतिरबाट ट्युबमा ब गा यौं, बगेर ओ ह्रालो जान बढीमा आधा घन्टा लाग्यो,’ खडकबहादुरले भने। उनीहरू घरबाट निस्कँदा आकाशमा बादल थियो। अघिल्लो रात पानी परेको थियो। कर्णालीमा पानी बढेको थिएन। उनीहरू माछा मार्न लालमटिया पुगे। ‘माथि चिसापानी आसपासमा माछा मा र्ने धेरै जना हुन्छन् भनेर हामी तल गइयो,’ उनले भने।
लालमटिया ढुंगेबजारबाट १० किलोमिटर जति टाढा पर्छ। उनीहरूले ट्युबमै बल्छी, पानी परे ओढ्ने बर्साती, खाना पकाउने भाँडाकुँडा झोलामा बोकेका थिए। मोबाइल उनीहरूसँग थिएन। लालमटिया पुगेपछि उनीहरूले साना बल्छीका लागि गड्यौला खोजे। ठूलो बल्छीमा साना माछा नै चारो बनाएर हाल्ने गरेका थिए। बेलुका ६ बजेतिर बल्छी कर्णालीमा थापेर ज्वाइँले हेर्ने जिम्मा पाए। खडकबहादुर र भतिजा नदीबाट अलि माथि अग्लो ठाउँमा भात पकाउन लागे।
‘म र भतिजा दाउरा भाँचेर खाना बनाउनतिर लाग्यौं, ज्वाइँ बल्छी थापेर बस्नुभयो,’ उनले भने। भात पाकेपछि ज्वाइँले बल्छीमा परेका ८-९ वटा माछा लिएर आए। उनीहरूले माछाको तरकारी र भात खाए। ‘हामी राति माछा मार्ने योजनामा थियौं, त्यसैले बेडविस्तारा लगेनौं, बर्सातीले पालजस्तो बनाएर टहरो बनाएका थियौं,’ उनले भने। कात्तिकको महिनामा पानी परेर बाढी नै आउला भन्ने उनीहरूले कल्पना पनि गरेका थिएनन्।