आइतबार ०७ आश्विन २०८०

इलामको सूर्योदय नगरपालिकास्थित श्रीअन्तुका होमस्टे व्यवसायीको हिमाल आरोहाणका क्रममा निधन भएको छ।

होमस्टे एसोसिएसन १ नम्बर प्रदेशका उपाध्यक्ष तथा सूर्योदय नगरपालिकाको श्रीअन्तुस्थित मेची माध्यमिक विद्यालयका प्रधानाध्यापकसमेत रहेका धरणी घिमिरेको मकालु बेसक्याममै निधन भएको हो।

मकालु गाउँपालिका–२ याङ्लेखर्कमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इलामको सूर्योदय नगरपालिका–४ श्रीअन्तुका धरणीधर घिमिरे रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए।

मकालु बेश क्याम्प घुम्न गएका घिमिरेको निमोनियाका कारण मृत्यु भएको प्रहरी निरीक्षक अधिकारीले बताए। गत असोज २८ मा मृतक घिमिरेसहित उनका जेठा दाजु एकराज, माइला दाजु रुद्र, छिमेकी मिलन ढकाल, मारेङको विराटनगर महानगरपालिका–४ का उज्वल घिमिरे, सुनसरीका सौजन घिमिरे र संखुवासभाको चैनपुर नगरपालिका–६ का श्याम राउत मकालु आधार शिविर घुम्न गएका थिए। घटनाबारे मृतकका दाजुले बिहीबार मात्रै प्रहरीलाई जानकारी गराएका थिए।

घटनास्थल सदरमुकाम खाँदबारी बाट ५ दिनको पैदलमा पर्दछ। सूर्योदय नगरपालिकाका ४ सहित ७ युवा मकालु हिमाल आरोहण गर्न गत असोज २५ मा हिँडेका थिए। उनीहरू अन्तुबाट धरान हुँदै २७ गते नुम बजार पुगेका थिए। मकालु बेसक्याम्प पुगेपछि धरणीको अक्सिजन लेभल घटेको थियो।

संखुवासभाको मकालु आधार शिविरमा गत बर्ष खाँदबारी नगरपालिका–१ का २४ वर्षीय विवेक श्रेष्ठको लेक लागेर मृत्यु भएको थियो।

 


Last Updated on: October 23rd, 2021 at 9:45 am
३१६ पटक हेरिएको

तपाईको प्रतिक्रिया