
बाढीले जनता के खाउँ भन्ने चिन्तामा, प्रचण्ड जिपलाइनमा सरर
काठमाडौ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धुलिखेलमा जिपलाइन खेलको अनुभव लिएका छन् । नाति नातिनीसहित धुलिखेल पुगेका प्रचण्ड क्लासिक जिपलाइनमा सयर गरेका हुन् ।
साहासिक गतिविधिमा आफूलाई रुचि लाग्ने बताउँदै प्रचण्डले आफूले जिपलाइनको निक्कै मज्जा लिएको बताए । काठमाडौबाट करिब ३५ किलोमिटरको दूरीमा रहेको जिपलाइन २०७५ फागुनदेखि व्यवसायिक रुपमा शुरु भएको हो ।
जिपलाइनको टेक अफ (थाक्लेडाँडा, धुलिखेल) देखि ल्यान्डिङ स्टेसन (खावा, पाँचखाल) सम्मको जिपलाइन दुरी ११ सय मिटर रहेको छ
केही दिनअघि आएको बाढी र पहिरोका कारण जनताहरु रोईरहँदा प्रचण्ड भने जिपलाइनमा मज्जा लिन लागेका छन् ।
बाढी र पहिरोका कारण जनताहरु मारमा परेका छन् । धान काट्ने बेला आएको अबिरल वर्षाका कारण किसानहरु ठुलो चिन्तामा परेका छन् । पाकेको धान बाढीले बगाउँदा किसानहरु के खाने भन्ने चिन्तामा परेका छन् ।
एएफसी यू- २३ एसियन कप छनोट प्रतियोगिताअघि तयारी स्वरूप खेलिएको मैत्रीपूर्ण खेलमा नेपाल इन्डोनेसियासँग पराजित भएको छ ।
ताजकिस्तानमा भएको मैत्रीपूर्ण खेलमा नेपालको यू- २३ टोली इण्डोनेसियाको यू- २३ टोलीसँग २-० गोल अन्तरले पराजित भएको हो ।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त हुँदा दोस्रो हाफमा इन्डोनेसियाले २ गोल गरेको थियो ।
इन्डोनेसियाविरुद्ध नेपाली टोलीको कप्तानी अर्पण कार्कीले गरेका थिए ।
नेपालले एएफसी एसियन कप छनोटमा समूह ‘बी’मा रहेका बलिया टोली इरान, लेबनान र ताजकिस्तानको सामना गर्नेछ ।
इन्डोनेसियाविरुद्ध नेपाली टोली सुरुवाती ११
गोलरक्षक- अर्पण कार्की (कप्तान)
डिफेण्डर- सुमन अर्याल, अभिषेक लिम्बू, सुुरज जिउ ठकुरी, गौतम श्रेष्ठ
मिडफिल्डर- रोशन पहाडी, नितिन थापा, आयुष घलान, दर्शन गुरुङ, मनीष डाँगी
स्ट्राइकर- अभिषेक रिजाल