शुक्रबार ०५ आश्विन २०८०

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १० बुँदे कार्यान्वयन सहजीकरण गर्न बनाइएको कार्यदलबाट राजीनामा दिने भएका छन् ।

रावलले १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै गठित कार्यदलको संयोजकबाट राजीनामा दिन लागेका हुन् ।

उनले बैठकमा राजीनामाको घोषणा गरेको र लिखित राजीनामा भोलि पेश गर्ने बताए। बैठकमा आफूले पाँच पृष्ठ लामो फरक मत दर्ज गरेको समेत उनले बताए।

‘केन्द्रीय कमिटीमा १० प्रतिशत थप्नका लागि कार्यदलले गृहकार्य गर्ने निर्णय भएको थियो। तर त्यसमा कुनै छलफल नगरी दुई जना केन्द्रीय कमिटीका सदस्य प्रभु साहसँग कुराकानी भएको हुनाले राख्नुपर्छ भन्ने कुरा आयो। त्यो कुनै विधि पद्धति निर्णयसम्मत भएन भनेर त्यसप्रति पनि असहमति छ,’ उनले भने।

पार्टी अध्यक्ष केपी शर्मा ओलीबाटै १० बुँदे सहमति कार्यान्वयन नगर्ने दिशाबाट कुरा राखेको भन्दै उनले असहमति जनाएका हुन्।

बुधबार एमाले अध्यक्ष ओलीले १० बुँदेको एक तारे नबजाउन चेतावनी दिएका थिए। उनले १० बुँदे सहमति माधव नेपालका लागि मात्रै गरिएको तर उनी पार्टीबाट बाहिरिएकाले यसको सन्दर्भ समेत सकिएको बताएका थिए।

स्थायी कमिटीको अर्को बैठक आउँदो बिहीबार र केन्द्रीय कमिटी शुक्रबार हुने प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका छन्।

यसैगरी चितवनमा हुने महाधिवेशनको मतदानमा विद्युतीय मेसिन प्रयोग गर्ने उनले बताए। त्यस्तै महाधिवेशमा विभिन्न मुलुकका भाइचारा पार्टी र देशभित्रका राजनीतिक दललाई निमन्त्रणा गर्ने समेत निर्णय भएको उनले जनाए

 


Last Updated on: October 23rd, 2021 at 11:27 am
१७३ पटक हेरिएको

तपाईको प्रतिक्रिया