मंगलबार ०९ आश्विन २०८०

गर्वको कुरा अहिलेका जल्दा-बल्दा सोसल मिडियाको टिकटक सामाजिक सञ्जालमा सेवानै धर्म हो भन्ने मनकारी जो गरीब, दुःखी को साक्षात्कार भगवान भएर निकै भाइरल महान चेली जो हातमा मुठ्ठी पारेर द्ववांग हान्न लगाउदै सडक पेटीमा सुत्ने भोका, गरीब र असक्तलाई खुल्ला मनले सहयोग गर्ने मगरजातिको महान छोरी(चेली) गिभिना मगर ।

पोखरामा बसोबास गर्ने २४ वर्षिय गिभिना पेशागत रूपमा उनि शिक्षिका पनि हुन।

आफ्नो खाली रहेको समयमा उनले टिकटकमा अरुले भन्दा भिन्नै किसिमको भिडियो बनाएर अपलोड गर्ने गर्छिन। जुन भिडियोमा उनले सडकमा जिवन बिताइरहेका मानिसहरूलाई आर्थिक सहयोग देखि खाने कुरा तथा कपडाहरु दिएर सहयोग गर्दछिन् ‌।

टिकटकमा धेरै किसिमका भिडियोहरु हेर्न सकिन्छ तर सोसल मिडिया बाट पनि एक किसिमको सहयोग र सन्देश दिन सकिन्छ भन्ने एउटा उदाहरण हुन उनि ।

यो पनि पढ्नुहोस् ,५ कात्तिक-भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिने बुद्धमूर्ति भैरहवा आएको छ ।लुम्बिनी गार्डेन फाउण्डेसनले लुम्बिनी सांस्कृतिक नगरपालिकामार्फत विमानस्थलका लागि यो बुद्धमूर्ति ल्याइएको हो । दुई अर्ब ५० करोड मूल्यभन्दा बढीको बुद्धमूर्ति भैरहवा भन्सार कार्यालयमा आइपुगेको फाउण्डेसनका महासचिव एकराज गिरीले बताए ।

म्यानमारमा बनाइएको यो मूर्ति भारत हुँदै नेपाल ल्याइएको हो । मूर्तिलाई १४ कातिकमा राष्ट्रपतिमार्फत गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा अनावरण गर्ने कार्यक्रम रहेको गिरीले बताए ।

अर्थमन्त्रालय र पर्यटन मन्त्रालयको समन्वयमा भन्सार सुल्क नलाग्ने गरी मूर्ति भित्र्याइएको हो । वाइडजेड स्टोनबाट बनेको बुद्धमूर्ति १८ सय केजीको छ ।मूर्ति लोटस, फलावरसहित १ दशमलब ९ मिटर अग्लो, ६० सेन्टिमिटर चौडाइ र १ मिटर मोटाइ छ । मूर्तिलाई भैरहवा लुम्बिनी परिक्रमा गरी गौतमबुद्ध विमानस्थल परिसरमा लगेर राखीने लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवालीले जानकारी दिए ।

 


Last Updated on: October 23rd, 2021 at 11:32 am
९०९ पटक हेरिएको

तपाईको प्रतिक्रिया