बिहिबार १४ मंसिर २०८०

भ्वाईस अफ नेपाल -३ मा चर्चित एउटा नाम हो सन्जु मोक्तान ।

डिजिटल अडिसन, ब्लाईन्ड अडिसन हुँदै ब्याटल राउण्ड सम्म आईपुगेकि सन्जुको यात्रा ब्याटल राउन्डबाट अघि बढ्न सकेन । राम्रो प्रस्तुति दिएर पनि बाहिरनु पर्‍यो सन्जु ।

recommended by
Mgid
Mgid

GOODMENONTHEGO
Men, you don’t need Viagra
Use this Israel #1 sexual remedy
LEARN MORE

सन् १९९७ डिसेम्बर ९ मा भक्तपुरमा जन्मिएकि सन्जुको पुर्खौली घर भने सिन्धुपाल्चोक हो । सन्जु गायन क्षेत्रमा मात्र होईन अन्य क्षेत्रमा पनि निकै प्रतिभावान छिन् । अध्ययन जिवनमा कहिल्यै सेकेन्ड नभएकी प्रतिभाकी धनी सन्जुले २०१७ मा मिस टिन नेपालको उपाधी समेत जितेकी थिईन ।

काठमाडौं डनबस्को कलेज पढेकी २२ बर्षिय सन्जु मोक्तानको स्वर मात्र राम्रो होईन मान्छे पनि उ-त्तिकै राम्री छिन् । उनको स्वरले धेरैलाई मन्त्रमुग्ध बनाएको छ ।

ब्लाईन्ड अडिसनमा ‘घर जलेर आज खरानी भो कठै’ गीत गाएर टिम प्रमोदमा परेका रबि गहतराज र ब्लाईन्डमा ‘नसुनेझै गरि मेरो कुराहरु आज फेरी’ बोलको गीत गायर चार वटै कुर्सी घुमाएर रकिङ प्रस्तुती दिएकी सन्जु मोक्तानको ब्याटलमा भेट भयो ।

टिम प्रमोदको ब्याटल एकदमै आकर्षक रह्यो । दुई होनाहार उत्कृष्ट प्रस्तुतिले कोच प्रमोदलाई नकआउट राउन्डमा कसलाई लैजाने दोधारमा पारिदियो । उनले आफ्नो अशिशटेन्टलाई नै बोलाउनु पर्‍यो ।

ब्याटलमा दुबैको प्रस्तुती रकिङ रह्यो । सबै कोचले दुबैको तारिफ गरे । तर १ जनालाई छान्नुपर्ने थियो कोच प्रमोदले । उनले सन्जुलाई स्टिल हुने आशा गर्दै रबि गहतराजलाई रोजे । तर सन्जु स्टिलमा परिनन । अन्तत भ्वाईसबाट बाहिरिइन ।

जब उनी भ्वाईसबाट आउट भैइन झनै उनको चर्चा चुलियो उनलाई धेरैले मिस गरेका छन् । उनी आउट हुनु भन्दा पनि स्टिल नभएको देख्दा धेरैले गुनासो गरेका छन् ।

सेलेक्ट भएको भन्दा पनि उनी झनै सजिलै सबैको मनमा बस्न सफल भैइन ।

कान्तिपुर टेलिभिजनमा भिजे गर्ने सन्जुलाई फिल्महरुको पनि अफर आएको तर उनले आफुले सोचेको जस्तो नभएकोले नगरेको बताईन । उनको आफ्नै ब्याण्ड पनि रहेको छ । उनै आवाजकी धनी सन्जु मोडलिङ पनि गर्छिन । उनको आकर्षक शरीर अर्को प्लस प्वाईन्ट हो ।

himalayadainikबाट

 

 

 


Last Updated on: May 16th, 2021 at 12:52 am
५८७ पटक हेरिएको

तपाईको प्रतिक्रिया