मंगलबार ०९ आश्विन २०८०

सुर्खेत निवासी तिलक बहादुर चौधरी र दैलेख कि केशरी योगी बिच २०७० सालमा प्रेम बिबाह भएको थियो। तिलक बहादुर चौधरी पनि इपिएस मार्फत कोरियामा कार्यरत थिए।

कोरिया गएको ३९ महिना पछाडी नेपाल आएर तिलकले केशरीसँग बैवाहिक सम्बन्ध गाँसेका थिए। घर परिवार राम्रै चलिरहेको थियो। तिलकले केशरीलाई यति धेरै विश्वास गर्दथे कि उनि चाहान्थे श्रीमति पनि आफू सँगै कोरियामा भइदिए हुन्थ्यो।

तिलक भन्छन “कोरिया गएको ३९ महिनापछि नै विवाह भयो। उसलाई र उसको परिवारलाई कोरिया जानुभन्दा १ बर्ष पहिले बाटै म राम्रोसँग चिन्दथें। ३९ महिनापछि कोरियाबाट फर्केर प्रेम विवाह भन्दा पनि उनको परिवारसँग राम्रै सरसल्लाहमा हाम्रो विवाह भएको थियो। सबै कुरा राम्रै चलिरहेको थियो। दशौं बर्ष वित्यो धेरै सपनाहरु बुनियो। उनलाई कोरिया लाने ठूलो सपना बोकियो।”

सोहि सपना अनुसार तिलकले कोरियामा कमाएको पैसा घर पठाए। उनलाई कोरिया लैजानका लागि खर्च गरे। करिब १ करोड रुपैयाँ उनले यसमा खर्च गरे।

अन्तत तिलकले आफ्नी श्रीमतिलाई कोरिया लैजाने सम्पूर्ण प्रकृया पुरा पनि गरे। भिजा पनि लाग्यो टिकट समेत तयार भयो। गत सेप्टेम्बर १९ तारिख केशरी कोरिया जाने निधो भयो। त्यसअघि तिलक सेप्टेम्बर ११ मा नेपाल आउने कुरा थियो।

तिलक थप्छन “विवाह भएको दुई बर्षसम्म चाहिँ उनि बुबा आमासँगै बसिन। त्यसपछि उनले म बजारतिरै बस्छु। गाउँमा काम गर्न सक्दिन भनिन। त्यसपछि मैले उनको लागि सुर्खेत बजारमा पसल लिइदिएँ। पसलमा लगानी थप्दै २५ लाख सम्म पुर्याइदिएँ।”

यसरी तिलक आफ्नी श्रीमतिलाई लिन नेपाल आउन उत्सुक भए तर ए’क्कासि उनकी श्रिमति सम्पर्क वि’हिन भइन। तिलकले आफ्नी श्रीमतिलाई मेसेन्जरमा कन्ट्याक गर्न खोजे फोनमा कन्ट्याक गर्न खो’जे तर कतैपनि स’म्पर्क हुन सकेन। बाँकी कुरा तलको भिडी’योमा हेरौं


Last Updated on: October 23rd, 2021 at 1:34 pm
५९८ पटक हेरिएको

तपाईको प्रतिक्रिया