शुक्रबार १५ मंसिर २०८०

काठमाडौं – काठमाडौं उपत्यकाका विभिन्न आठ स्थानमा श‍ृंखलाबद्ध रुपमा चोरी गर्ने एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा रामेछापको दोरम्बा गाउँपालिका-४ घर भइ काठमाडौं कोटेश्वर बस्ने ३१ वर्षीय कमल थापामगर छन्।

उनलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले बिहीबार कोटेश्वरबाट पक्राउ गरेको हो। पक्राउ परेका थापामगरलाई थप अनुसन्धान र कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाका एसपी कृष्ण कोइरालाले जानकारी दिए।

उनको साथबाट प्रहरीले एक थान मोबाइल, चोरी गर्नका लागि ढोकाको ताला फोड्न प्रयोग गर्ने दुई थान रड, चोरी गर्दा लगाएको ज्याकेट एक थान, चोरी गर्दा प्रयोग गरिएको झोला एक थान र नगद दुई हजार रुपैयाँ बरामद गरेको छ।

काठमाडौं उपत्यकाभित्र रातको समयमा विभिन्न सहकारी तथा वित्तीय संघसंस्थाहरु र दिनको समयमा मानिसहरु घरमा नभएको मौका पारी ढोका फोडेर उनले नगद तथा सुनचाँदीका गरगहना चोरी गर्दै आएको प्रहरीले जनाएको छ।

महाशाखाका अनुसार उनले २०७७ साल मंसीर १९ गते राति मूलपानीस्थित देवी बचत तथा ऋण सहकारी संस्थाबाट नगद तथा ल्यापटप समेत गरी २ लाख बराबरको धनमाल चोरी गरेका थिए ।

त्‍यसपछि २०७७ साल फागुन ७ गते काठमाडौं महानगरपालिका-३२ तीनकुनेस्थित जुनार हिलटप सहकारी संस्थाबाट नगद १ लाख ३७ हजार ५ सय रुपैयाँ बराबरको धनमाल चोरी गरेको प्रहरीको भनाइ छ । यस्तै २०७७ फागुनमा काठमाडौं महानगरपालिका-१५ स्वयम्भूस्थित रुपेश गलानको घरमा कोही नभएको मौका पारी नगद तथा सुनचाँदीका गरगहनासमेत गरी ४ लाख ८० हजार बराबरको धनमाल उनले चोरी गरेको प्रहरीले बताएको छ ।

चलचित्र रिहर्सलको बहानामा मलाई किस गर्ने खोजियो : जरिन खानअश्लील सिन दिएपछि आत्महत्याशाहरुख खानकी छोरी सुहाना खानले”सामाजिक संजालमा यस्ता, तस्विर सार्वजनिक गरेपछि भाइरल ( केहि तस्विर सहित

 


Last Updated on: October 23rd, 2021 at 1:37 pm
२४७ पटक हेरिएको

तपाईको प्रतिक्रिया