मंगलबार ०७ चैत्र २०७९

घरमाथि मोटरबाटो खनेपछि कुश्मा नगरपालिका–३ दुर्लुङ बाँधस्वाँराका माधव शर्मा पौडेल अर्को घर किनेर बाटोमाथि सरे। सुरक्षित ठानेर किनेको घरमा उनले परिवारसँग एक वर्षभन्दा बढी बिताउन पाएनन्। बिहीबार मध्यरातमा खसेको पहिरोले घर पुर्‍यो। भित्रै पुरिएका आमा, श्रीमती, दुई छोरी र एक छोरालाई उनले गुमाए।

विदेशबाट फर्किएर सुरक्षित घरमा बस्ने उनको सपना पहिरोसँगै पुरियो। छिमेकी प्रताप गिरीका अनुसार वैदेशिक रो,ज,गा,रीमा गएका शर्माले कतारबाट फर्किएर डेढ वर्ष अघिमात्र ५ मिनेटमाथिको भोगेनीमा माइजूकी आमा नर्वदी पाध्याको घर किनेका थिए। घर सरेपछि पौडेल परिवारले सुरक्षित ठानेको थियो।

‘झन्डै सय मिटरमाथिबाट आएको पहिरोले घर पुरिदियो,’ गिरीले भने, ‘बरु उहाँहरू बाँधस्वाँरामै बसेको भए हुने रहेछ, आज यो अवस्था देख्नुपर्‍यो।’ पहिरोले पुरिएर शर्माकी आमा ७५ वर्षीया कौशिला, ३५ वर्षीया श्रीमती भगवती, दुई छोरीहरू १६ वर्षीया विमला, ११ वर्षकी विनीता र ९ वर्षीय छोरा विनोद पौडेलको मृx,त्यु भएको हो।

नायक पल शाह र गायिका समीक्षा अधिकारीको सम्बन्धले फिल्मी बजार तातेको छ । उनीहरुको सम्बन्धले नयाँ मोड लिएको सनसनीपूर्ण खुलासा नेपालको एक चर्चित अनलाइन न्यूज पोर्टलले गरेको छ ।

नायक पल शाह र गायिका समीक्षा अधिकारी पछिल्लो केही समयदेखि मिडियासँग भागिरहेका छन् । उनीहरूको डर एउटै छ, आफूहरूबीचको अन्तरंग सम्बन्धबारे सोधिनसक्ने प्रश्न ।करिब दुई महिना अघिदेखि समीक्षा र पलको ‘प्रेम प्रकरण’ बारे कलाकारिता क्षेत्रमा चियोचर्चो सुरू भएको थियो ।

तर, सार्वजनिक चर्चामा आइसकेको थिएन । अब भने यो विषय लुकाएर लुक्ने अवस्था रहेन । उनीहरू दुवैले बोल्न नचाहे पनि वा अस्वीकार गरे पनि एक–कान दुईकान हुँदै छ्याप्छ्याप्ती भइसकेको छ ।हिजो एक राष्ट्रिय टेलिभिजनबाट प्रसारण हुने फिल्मी कार्यक्रममा उनीहरूको सम्वन्धबारे प्रश्न उठाइएपछि सामाजिक सञ्जालमा धेरैले जिज्ञासा व्यक्त गरिरहेका छन् ।

दुवैजना पब्लिक फिगर भएको हुँदा यसबारे सरोकार राखिनु अस्वभाविक होइन । आखिर के हो त वास्तविकता ? हामीले केही खोजिनीति गरेका छौं ।नायक पल शाह (वास्तविक नाम पूर्णविक्रम शाह) ले सिने नगरीभित्र ‘प्ले ब्वाइ’ छवि बनाएका छन् ।चलचित्र वा म्युजिक भिडिओमा सहकार्य गरेका धेरै महिला कलाकारसँग उनको नाम जोडिएको छ ।

पछिल्ल्लोपटक उदीयमान गायिका समीक्षा अधिकारी उनीसँगको सम्बन्धमा जेलिन पुगिन् ।जानकारहरूका अनुसार ६–७ महिना अघिदेखि वर्षदेखि पल र समीक्षानिकट भएका हुन् । यो निकटताले गम्भीर मोड लिएका कारण नै उनीहरू दुवै अहिले मिडियासँग तर्किरहेका छन् ।

यसको सबै वास्तविकता उनीहरूले नै जान्ने कुरा हो । तर, धेरैवटा विश्वसनीय स्रोतले हामीलाई दिएको जानकारीको समष्टी यस्तो छ:-६ महिना अगाडि युट्यूवमा रिलिज भएको ‘सुर्ती माड्दै’ बोलको गीतको सुटिङका क्रममा पल र समीक्षा नजिकिए ।खेम सेन्चुरी मिलेर गाएको यो गीतको भिडिओमा समीक्षाले पलको जोडीका रूपमा अभिनयसमेत गरेकी छन् ।

चितवनमा भएको सुटिङका क्रममा नै उनीहरू ‘रिल जोडी’ बाट ‘रियल जोडी’ बन्न पुगे ।समीक्षासँगको निकटतालाई पलले हल्काफुल्कारूपमा लिएका थिए । समीक्षा भने पलसँगको सम्बन्धमा सिरियस हुन थालिन् । उनी पहिल्यैदेखि पलकी फ्यानसमेत हुन् ।

आफूले सानैदेखि गीत र फिल्ममा हेर्दै आएको स्टारसँग रिलेसनसीपमा बस्न पाउँदा उत्साहित थिइन् समीक्षा । तर, केही समयमै कुरा बिग्रियो ।पल बिस्तारै समीक्षासँग टाढिने प्रयासमा लागे । फोन नउठाउने र म्यासेज रिप्लाइसमेत नगर्ने भएपछि समीक्षाको छट्पटाहट सुरू भयो ।

उनी पलसँग छुट्टिनै नसक्ने अवस्थामा पुगिसकेकी थिइन् ।त्यसपछि उनीहरूबीच झगडा हुन थाल्यो । समीक्षाले आफ्ना निकटस्थहरूलाई सेयर गरेअनुसार पलले उनलाई भनेका थिए, ‘तिमीजस्तो अफेयर मेरो कतिजनासँग भयो कति ।’उनले अर्की एक म्युजिक भिडिओ मोडलको उदाहरणसमेत दिएर ‘धेरै निहुँ खोजे उसलाई जस्तै अप्ठेरोमा पारिदिनसक्ने’ भनेर समीक्षालाई धम्याएका थिए ।

 


Last Updated on: October 23rd, 2021 at 2:27 pm
१७६ पटक हेरिएको

तपाईको प्रतिक्रिया