
काठमाडौँ- हिमानी ट्रष्टले शुक्रबार काठमाडौँको सोल्टी होटलमा चियापान कार्यक्रम गरेको छ। ट्रष्टले आउँदै गरेको तिहार र छठको उपलक्ष्यमा कला, साहित्य तथा खेलकुद क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरु शुभकामना तथा चियापान कार्यक्रम गरेको हो।कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्व युवराज पारस शाह तथा पूर्व युवराज्ञी हिमानी शाहको उपस्थिति थियो। यस्तै कार्यक्रममा कलाकारदेखि खेलाडीहरुको सहभागीता रहेको थियो। कलाकारहरु भुवन केसी, शिव श्रेष्ठ, करिष्मा मानन्धर, सन्तोष पन्त, जितु नेपाल, सरोज खनाल, दीपकराज गिरी, गायक स्वरुपराज आचार्य, सत्यराज आचार्य, सुगम पोखरेल, गायिका सुनिता दुलाल लगायत चियापान कार्यक्रममा पुगेका थिए।
यस्तै आयशा शाक्य, दीपक विष्ट, सन्तोषी श्रेष्ठ लगायतका खेलाडीहरु पनि चियापानमा सरिक हुने सोल्टी पुगेका थिए। कार्यक्रमस्थलमा पूर्वराजा लगायत राजपरिवारका सदस्यहरुसँग फोटो खिच्नेहरुको तछाडमछाड देखिन्थ्यो।
नायक पल शाह र गायिका समीक्षा अधिकारीको सम्बन्धले फिल्मी बजार तातेको छ । उनीहरुको सम्बन्धले नयाँ मोड लिएको सनसनीपूर्ण खुलासा नेपालको एक चर्चित अनलाइन न्यूज पोर्टलले गरेको छ ।
नायक पल शाह र गायिका समीक्षा अधिकारी पछिल्लो केही समयदेखि मिडियासँग भागिरहेका छन् । उनीहरूको डर एउटै छ, आफूहरूबीचको अन्तरंग सम्बन्धबारे सोधिनसक्ने प्रश्न ।करिब दुई महिना अघिदेखि समीक्षा र पलको ‘प्रेम प्रकरण’ बारे कलाकारिता क्षेत्रमा चियोचर्चो सुरू भएको थियो ।
तर, सार्वजनिक चर्चामा आइसकेको थिएन । अब भने यो विषय लुकाएर लुक्ने अवस्था रहेन । उनीहरू दुवैले बोल्न नचाहे पनि वा अस्वीकार गरे पनि एक–कान दुईकान हुँदै छ्याप्छ्याप्ती भइसकेको छ ।हिजो एक राष्ट्रिय टेलिभिजनबाट प्रसारण हुने फिल्मी कार्यक्रममा उनीहरूको सम्वन्धबारे प्रश्न उठाइएपछि सामाजिक सञ्जालमा धेरैले जिज्ञासा व्यक्त गरिरहेका छन् ।
दुवैजना पब्लिक फिगर भएको हुँदा यसबारे सरोकार राखिनु अस्वभाविक होइन । आखिर के हो त वास्तविकता ? हामीले केही खोजिनीति गरेका छौं ।नायक पल शाह (वास्तविक नाम पूर्णविक्रम शाह) ले सिने नगरीभित्र ‘प्ले ब्वाइ’ छवि बनाएका छन् ।चलचित्र वा म्युजिक भिडिओमा सहकार्य गरेका धेरै महिला कलाकारसँग उनको नाम जोडिएको छ ।
पछिल्ल्लोपटक उदीयमान गायिका समीक्षा अधिकारी उनीसँगको सम्बन्धमा जेलिन पुगिन् ।जानकारहरूका अनुसार ६–७ महिना अघिदेखि वर्षदेखि पल र समीक्षानिकट भएका हुन् । यो निकटताले गम्भीर मोड लिएका कारण नै उनीहरू दुवै अहिले मिडियासँग तर्किरहेका छन् ।
यसको सबै वास्तविकता उनीहरूले नै जान्ने कुरा हो । तर, धेरैवटा विश्वसनीय स्रोतले हामीलाई दिएको जानकारीको समष्टी यस्तो छ:-६ महिना अगाडि युट्यूवमा रिलिज भएको ‘सुर्ती माड्दै’ बोलको गीतको सुटिङका क्रममा पल र समीक्षा नजिकिए ।खेम सेन्चुरी मिलेर गाएको यो गीतको भिडिओमा समीक्षाले पलको जोडीका रूपमा अभिनयसमेत गरेकी छन् ।
चितवनमा भएको सुटिङका क्रममा नै उनीहरू ‘रिल जोडी’ बाट ‘रियल जोडी’ बन्न पुगे ।समीक्षासँगको निकटतालाई पलले हल्काफुल्कारूपमा लिएका थिए । समीक्षा भने पलसँगको सम्बन्धमा सिरियस हुन थालिन् । उनी पहिल्यैदेखि पलकी फ्यानसमेत हुन् ।
आफूले सानैदेखि गीत र फिल्ममा हेर्दै आएको स्टारसँग रिलेसनसीपमा बस्न पाउँदा उत्साहित थिइन् समीक्षा । तर, केही समयमै कुरा बिग्रियो ।पल बिस्तारै समीक्षासँग टाढिने प्रयासमा लागे । फोन नउठाउने र म्यासेज रिप्लाइसमेत नगर्ने भएपछि समीक्षाको छट्पटाहट सुरू भयो ।
उनी पलसँग छुट्टिनै नसक्ने अवस्थामा पुगिसकेकी थिइन् ।त्यसपछि उनीहरूबीच झगडा हुन थाल्यो । समीक्षाले आफ्ना निकटस्थहरूलाई सेयर गरेअनुसार पलले उनलाई भनेका थिए, ‘तिमीजस्तो अफेयर मेरो कतिजनासँग भयो कति ।’उनले अर्की एक म्युजिक भिडिओ मोडलको उदाहरणसमेत दिएर ‘धेरै निहुँ खोजे उसलाई जस्तै अप्ठेरोमा पारिदिनसक्ने’ भनेर समीक्षालाई धम्याएका थिए ।
पलको बोली र व्यवहारबाट समीक्षा विक्षिप्त बन्न पुगिन् । एक–डेढ महिनाजति उनले नयाँ गीत गाउन पनि सकिनन् । करिब डिप्रेसनकै अवस्थामा पुगेपछि उनले आफन्त र नजिकका केही साथीहरूलाई आफ्नो पीडा सेयर गरिन् । सबैसँग सल्लाहपछि निर्णायक कदम चाल्ने निधोमा पुगिन् ।