मंगलबार ०९ आश्विन २०८०

तलको भिडियोमा “मै राम्री हुन के गरौँ” भन्ने बोलको गीतमा एकदमै दमदार प्रस्तुति भएको छ । नेपाल प्रहरीमा कार्यरत एक महिला प्रहरी र केही पुरुष प्रहरीहरुका माझ एकदमै राम्रो नृत्य प्रस्तुत भएको हो ।

यस भिडियोमा विशेष गरि महिला प्रहरी अलि बढी सक्रिय देखिन्छिन ।जुन नाचलाई अहिलेसम्म धेरै दर्शक श्रोताहरुले निकै नै मन पराइरहेका छ्न ।

आजभन्दा लगभग एघार महिना अघि अप्लोड गरिएको यस भिडियोलाई अहिलेसम्म युटुबमा १२ लाख भन्दा बढी पटक हेरिसकिएको छ । त्यस्तै यस गीतमा १४ हजार भन्दा बढी लाइक तथा ११ सय जति डिसलाइक रहेको छ ।

त्यस्तै कमे’न्टको कुरा गर्दा यस भिडि:योमा अहिलेसम्म लगभग २०० जति राम्रा-राम्रा कमेन्ट रहेका छ्न । जुन भिडि’यो अहिले युटुबमा भा”इरल बनिरहेको छ ।

विराटनगर विमानस्थल शनिबारदेखि सञ्चालन गर्ने तयारी थालिएको छ । मंगलबार राति आएको बेमौसमी बाढीले धावनमार्ग जलमग्‍न भएपछि बुधबारदेखि विमानस्थलबाट हुने सबै उडान बन्द छन् ।

मंगलबार साँझ मौसम खराबी भएपछि श्री र बुद्ध एयरका अन्तिम उडान रोकिँदा दुवै जहाज यही होल्ड भएका थिए । धावनमार्गमा जमेको पानी बिहीबार सुकेपछि ती जहाजलाई रित्तो अवस्थामा अपरान्ह काठमाडौं पठाइएको छ ।

बिहीबार अपरान्हसम्ममा धावनमार्गमा जमेको पानी सुके पनि विमानस्थल कार्यालय भित्र, ट्याक्सी वे, टर्मिनल भवन र सडकको पानी नसुक्दा उडान सुचारु गर्न समय लाग्ने बताइएको छ ।

शुक्रबार साँझसम्म सबै पानी सुकाएर धावनमार्ग सफा गर्ने, पानीमा डुबेका उपकरणको परीक्षण गरेपछि उपकरण सकुशल रहे शनिबार बिहानदेखि उडान सुरु गर्ने विराटनगर विमानस्थल कार्यालयले जनाएको छ ।

यो विमानस्थलबाट काठमाडौंसहित पूर्वी पहाडी जिल्लामा सामान्य अवस्थामा दैनिक २१ वटा उडान हुँदै आएका छन् ।

काठमाडौं : आज पनि देशका विभिन्न स्थानमा पानी परिरहेको छ । पानी पर्ने क्रम दिनभर जारी रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार प्रदेश १ र वाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको हो । यस्तै आज दिउँसो प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली भई वर्षा हुने छ भने बाँकी प्रदेशहरुमा आंशिकदेखि सामान्य बदली रहने छ ।प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

यसैगरी आज राति पनि प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको भन्दै महाशाखाले आवश्यक सतर्कता अपनाउन भनेको छ ।

काठमाडौं उपत्यकामा पनि आज दिनभर र राती मौसम बदली रहने छ । मौसममा सुधार आएर घाम लाग्न आगामी सोमबारसम्म पर्खनुपर्ने पनि महाशाखाले जनाएको छ ।

 


Last Updated on: October 23rd, 2021 at 5:22 pm
७०८ पटक हेरिएको

तपाईको प्रतिक्रिया