
क्रुज ड्रग्स केसमा एनसीबीको जाँच एकदमै तीब्र रुपमा बढिरहेको छ । आर्यन खान संगको च्याटका कारण यस केसमा अब चंकी पाण्डेकी छोरी तथा नायिका अनन्या पाण्डे पनि जोडिन पुगेकी छिन् । हिजो मात्र उनको घरमा एनसीबीको टोलीले छापा मारेको थियो । छापा मार्ने क्रममा अनन्याको मोबाईल फोन तथा ल्यापटप जफत गरेको छ । उनलाई हिजै एक चरणको सोधपुछ सकिसकेको छ भने आज फेरी अनन्या संग एनसीबीले सवाल जवाफ गर्दैछ ।
भारतीय संचारमाध्यमका अनुसार एनसीबीले हिजो गरेको सोधपुछका क्रममा आर्यन संगको व्हाट्एप च्याट समेत देखाएको थियो । आर्यन र अनन्याको च्याटमा ड्रग्सको बिषयमा कुराकानी भएको देखिएको छ । आर्यनले भन्छन्– के जुगाड हुन्छ हैन ? अनन्या भन्छिन्– म एरेन्ज गर्छु । एनसीबीले यो च्याटका बिषयमा अनन्यालाई प्रश्न गर्दा अनन्याले ड्रग्सको नभएर सिगरेटको कुराकानी भएको दाबी गरेकी छिन् ।
अनन्या पनि आज दोस्रो दिन एनसीबीको कार्यालय फेरी पनि पुगेकी छिन् । हिजो मात्र अनन्या संग एनसीबीले २ घण्टा सम्म सवाल जवाफ गरेको थियो । आर्यन खानको अरु संग भएको च्याटका बिषयमा पनि एनसीबीले जाँच गरिरहेको छ ।
विराटनगर विमानस्थल शनिबारदेखि सञ्चालन गर्ने तयारी थालिएको छ । मंगलबार राति आएको बेमौसमी बाढीले धावनमार्ग जलमग्न भएपछि बुधबारदेखि विमानस्थलबाट हुने सबै उडान बन्द छन् ।
मंगलबार साँझ मौसम खराबी भएपछि श्री र बुद्ध एयरका अन्तिम उडान रोकिँदा दुवै जहाज यही होल्ड भएका थिए । धावनमार्गमा जमेको पानी बिहीबार सुकेपछि ती जहाजलाई रित्तो अवस्थामा अपरान्ह काठमाडौं पठाइएको छ ।
बिहीबार अपरान्हसम्ममा धावनमार्गमा जमेको पानी सुके पनि विमानस्थल कार्यालय भित्र, ट्याक्सी वे, टर्मिनल भवन र सडकको पानी नसुक्दा उडान सुचारु गर्न समय लाग्ने बताइएको छ ।
शुक्रबार साँझसम्म सबै पानी सुकाएर धावनमार्ग सफा गर्ने, पानीमा डुबेका उपकरणको परीक्षण गरेपछि उपकरण सकुशल रहे शनिबार बिहानदेखि उडान सुरु गर्ने विराटनगर विमानस्थल कार्यालयले जनाएको छ ।
यो विमानस्थलबाट काठमाडौंसहित पूर्वी पहाडी जिल्लामा सामान्य अवस्थामा दैनिक २१ वटा उडान हुँदै आएका छन् ।
काठमाडौं : आज पनि देशका विभिन्न स्थानमा पानी परिरहेको छ । पानी पर्ने क्रम दिनभर जारी रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार प्रदेश १ र वाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको हो । यस्तै आज दिउँसो प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली भई वर्षा हुने छ भने बाँकी प्रदेशहरुमा आंशिकदेखि सामान्य बदली रहने छ ।प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।
यसैगरी आज राति पनि प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको भन्दै महाशाखाले आवश्यक सतर्कता अपनाउन भनेको छ ।
काठमाडौं उपत्यकामा पनि आज दिनभर र राती मौसम बदली रहने छ । मौसममा सुधार आएर घाम लाग्न आगामी सोमबारसम्म पर्खनुपर्ने पनि महाशाखाले जनाएको छ ।