बिहिबार ११ आश्विन २०८०

नारायणगढ मुग्लिन सडकखण्डमा आज दुई छुट्टाछुट्टै दुर्घटना भएका छन् । माइक्रो बस र मिनिबस दुर्घटनामा परेका हुन् । दुर्घटनामा १५ जना यात्रु सामान्य घाइते भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार काठमाडौंतर्फ जाँदै गरेको लु २ ख २३९ नम्बरको मिनिबस आफै अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।

बस नदीतर्फ बनाइएको पर्खालमा ठोकिएको हो । ३० जना सवार मिनिबसमा १५ जना सामान्य घाइते भएका हुन् । जसमध्ये ४ जनालाई अस्पताल लगिएको छ ।

यस्तै आजै सो सडकमा माइक्रो बस दुर्घटना भएको छ । ट्राफिक कार्यालयले दिएको जानकारीअनुसार नारायणगढतर्फ आउँदै गरेको बा २ ख ५४४९ नम्बरको माइक्रोलाई ग १ ख ९३६७ नम्बरको बसले ठक्कर

दिँदा माइक्रो सडकमा रहेको पहाडमा घसारिएको छ । जसले गर्दा माइक्रोको एकाट्टिको भागमा क्षति पुगेको छ । माइक्रो र बसमा रहेका सबै यात्रु सकुशल छन् ।

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले लिपुलेकमा तत्काल जनगणना नहुने संकेत गर्नुभएको छ ।

विराटनगर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा परराष्ट्रमन्त्री खड्काले लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा भारतसँग वार्तामार्फत् विवाद समाधान गरिने बताउनुभयो ।

यसअघि सरकारले भारतलाई पठाएका नोटहरू अध्ययन गरेर आफू समस्या समाधानमा लाग्ने उहाँको भनाइ छ ।

नयाँ नक्सामा समेटिएका नेपाली भूभाग लिपुलेक, कालापानी र लिम्पियाधुरामा जनगणना हुन्छ कि हुँदैन भन्ने पत्रकारको प्रश्नमा मन्त्री खड्काले त्यसबारे भारतलाई सोध्नुपर्ने जवाफ दिनुभयो ।

राष्ट्रिय जनगणनाका लागि सुरपरिवेक्षण पठाउनै आनाकानी गर्दा मुलुकको नयाँ ‘चुच्चे नक्सा’ मा परेका कालापानी, लिपुलेक क्षेत्रमा घर तथा घरपरिवार सूचीकरण हुन सकेको छैन ।

पहिलो चरणको सूचीकरणका लागि उक्त क्षेत्रमा जान नेपालबाटै बाटो नभएकाले भारतको बाटो भएर जानका लागि सरकारले नअह्राएको भन्दै जिल्ला तथ्याङ्क कार्यालयले सुपरिवेक्षक नै पठाएको छैन ।

कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म राष्ट्रिय जनगणनाको मूल गणना कार्य हुँदैछ । उक्त क्षेत्रमा २०१८ सालपछि जनगणना हुन सकेको छैन ।

फरक प्रसङ्गमा मन्त्री खड्काले प्रदेश १ मा कांग्रेस नेतृत्वको सरकार गठन हुने सम्भावना रहेको बताउनुभयो । आइतबार विश्वासको मतदानपछि नयाँ सरकारको नेतृत्वबारे निर्णय गरिन उहाँको भनाइ छ ।
इमेजखबर बाट

 


Last Updated on: October 24th, 2021 at 8:47 am
२३९ पटक हेरिएको

तपाईको प्रतिक्रिया