शुक्रबार ०५ आश्विन २०८०

सर्लाहीमा शनिबार बेग्लाबेग्लै दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ । करेन्ट लागेर दुई जनाको र एक बालकलाई मोटरसाइकलले ठक्कर दिँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ईश्वरपुर नगरपालिका–१५ सुकनाहामा ट्य्बेलमा पानी चलाउने क्रममा अचानक करेन्ट लाग्दा ब्रहम्पुरी गाउँपालिका–७ मोहनगङ्जका २८ वर्षीया पपितादेवी साहको मृत्यु भएको ब्रहम्पुरी कार्यपालिका सदस्य ललन साहले जानकारी दिनुभयो । यसैगरी करेन्ट लागेर नै ब्रहम्पुरी –२ का ४० वर्षीय सुरेन्द्र साहको मृत्यु भएको सो कार्यालयका प्रहरी निरीक्षक कृष्ण गिरीले जानकरी दिनुभयो ।

विद्युतीय पोलमा वाइफाईको तार जोड्न जाँदा साहलाई शनिबार साँझ करेन्ट लागेको थियो । यसैबीच बागमती नगरपालिका–५ मा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा बागमती –८ का १४ वर्षीय बालक प्रकाशबहादुर थिङको शनिबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले लिपुलेकमा तत्काल जनगणना नहुने संकेत गर्नुभएको छ ।

विराटनगर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा परराष्ट्रमन्त्री खड्काले लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा भारतसँग वार्तामार्फत् विवाद समाधान गरिने बताउनुभयो ।

यसअघि सरकारले भारतलाई पठाएका नोटहरू अध्ययन गरेर आफू समस्या समाधानमा लाग्ने उहाँको भनाइ छ ।

नयाँ नक्सामा समेटिएका नेपाली भूभाग लिपुलेक, कालापानी र लिम्पियाधुरामा जनगणना हुन्छ कि हुँदैन भन्ने पत्रकारको प्रश्नमा मन्त्री खड्काले त्यसबारे भारतलाई सोध्नुपर्ने जवाफ दिनुभयो ।

राष्ट्रिय जनगणनाका लागि सुरपरिवेक्षण पठाउनै आनाकानी गर्दा मुलुकको नयाँ ‘चुच्चे नक्सा’ मा परेका कालापानी, लिपुलेक क्षेत्रमा घर तथा घरपरिवार सूचीकरण हुन सकेको छैन ।

पहिलो चरणको सूचीकरणका लागि उक्त क्षेत्रमा जान नेपालबाटै बाटो नभएकाले भारतको बाटो भएर जानका लागि सरकारले नअह्राएको भन्दै जिल्ला तथ्याङ्क कार्यालयले सुपरिवेक्षक नै पठाएको छैन ।

कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म राष्ट्रिय जनगणनाको मूल गणना कार्य हुँदैछ । उक्त क्षेत्रमा २०१८ सालपछि जनगणना हुन सकेको छैन ।

फरक प्रसङ्गमा मन्त्री खड्काले प्रदेश १ मा कांग्रेस नेतृत्वको सरकार गठन हुने सम्भावना रहेको बताउनुभयो । आइतबार विश्वासको मतदानपछि नयाँ सरकारको नेतृत्वबारे निर्णय गरिन उहाँको भनाइ छ ।
इमेजखबर बाट

 


Last Updated on: October 24th, 2021 at 9:22 am
४७१ पटक हेरिएको

तपाईको प्रतिक्रिया