मंगलबार १२ मंसिर २०८०

काठमाडाैं । नायक पल शाहसँगको सम्वन्धका विषयमा गायिका समीक्षा अधिकारीले पहिलोपटक मुख खोलेकी छन् । फेसबुकमा स्टाटस लेख्दै उनले आफूहरुबीच कुनै अ,नैतिक सम्वन्ध नरहेको बताएकी हुन् ।

समीक्षाको भनाइमा पलले उनलाई अभिभावकको हिसाबले माया र संरक्षण गरिरहेका छन् । समीक्षाले लेखेकी छन् , ‘एउटै इन्डस्ट्रीमा भएको हिसाबले पलजीले मलाई अभिभावकको रुपमा माया गर्नुहुन्छ, जुन माया उहाँले आफूसँग जोडिएका सबै सहकर्मीहरुलाई गर्नुहुन्छ र गरिरहनुहुनेछ । मेरो कला र क्षमतालाई माया र संरक्षण गर्नुहुन्छ र म उहाँको सदैव प्mयान पनि हुँ ।’

आफूहरु सँगै काम गरिरहेको तर कुनै प्रकारकोअनै’तिक सम्वन्धमा नरहेको उनको भनाइ छ । यस विषयमा प्रकाशित समाचारमा आफू दुखी रहेको भन्दै उनले हल्लाको पछि नलाग्न अनुरोध गरेकी छन् ।

पाँचथर जिल्लाका दुई जना गर्भवती महिलालाई हेलिकोप्टरमार्फत उद्धार गरी सुत्केरी गराउन अस्पताल पुर्‍याइएको छ ।

वर्षाका कारण बाढी र पहिरोले सडक क्षतिग्रस्त बनेपछि अस्पताल जान नसकेका पाँचथरको तुम्बेवा र मिक्लाजुङ गाउँपालिकाका गर्भवती महिलालाई हेलिकोप्टरमार्फत वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्‍याइएको हो ।

तुम्बेवा गाउँपालिका–४ ओलनेकी संगीता बराइली र मिक्लाजुङ गाउँपालिका–४ रबीकी सगुन राईलाई आज नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरी धरान पठाइएको प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले जानकारी दिए ।

शल्यक्रियामार्फत प्रसूति गराउनुपर्ने अवस्थाका उनीहरु सुत्केरी ब्यथाले च्यापेर स्थानीय स्वास्थ्य संस्था पुगेका थिए । तर स्वास्थ्यकर्मीले प्रसूति गराउन नसकेपछि सुविधासम्पन्न अस्पतालमा लैजान सुझाएका थिए । तुम्बेवा र मिक्लाजुङ गाउँपालिकाको आग्रहपछि जिल्ला प्रशासन कार्यालयको पहलमा आज दिउँसो हेलिकोप्टरले उनीहरुको उद्धार गरेको हो ।

बाढी र पहिरोका कारण क्षतिग्रस्त बनेको मेची राजमार्ग सुचारु भए पनि ग्रामीण क्षेत्रहरु जोड्ने सडकमा सवारी साधन सञ्चालन हुन नसक्दा गर्भवती महिला तथा अस्पताल पुग्नेपर्ने गम्भीर विरामीहरु मारमा परेका छन् ।

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले लिपुलेकमा तत्काल जनगणना नहुने संकेत गर्नुभएको छ ।

विराटनगर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा परराष्ट्रमन्त्री खड्काले लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा भारतसँग वार्तामार्फत् विवाद समाधान गरिने बताउनुभयो ।

यसअघि सरकारले भारतलाई पठाएका नोटहरू अध्ययन गरेर आफू समस्या समाधानमा लाग्ने उहाँको भनाइ छ ।

नयाँ नक्सामा समेटिएका नेपाली भूभाग लिपुलेक, कालापानी र लिम्पियाधुरामा जनगणना हुन्छ कि हुँदैन भन्ने पत्रकारको प्रश्नमा मन्त्री खड्काले त्यसबारे भारतलाई सोध्नुपर्ने जवाफ दिनुभयो ।

राष्ट्रिय जनगणनाका लागि सुरपरिवेक्षण पठाउनै आनाकानी गर्दा मुलुकको नयाँ ‘चुच्चे नक्सा’ मा परेका कालापानी, लिपुलेक क्षेत्रमा घर तथा घरपरिवार सूचीकरण हुन सकेको छैन ।

पहिलो चरणको सूचीकरणका लागि उक्त क्षेत्रमा जान नेपालबाटै बाटो नभएकाले भारतको बाटो भएर जानका लागि सरकारले नअह्राएको भन्दै जिल्ला तथ्याङ्क कार्यालयले सुपरिवेक्षक नै पठाएको छैन ।

कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म राष्ट्रिय जनगणनाको मूल गणना कार्य हुँदैछ । उक्त क्षेत्रमा २०१८ सालपछि जनगणना हुन सकेको छैन ।

फरक प्रसङ्गमा मन्त्री खड्काले प्रदेश १ मा कांग्रेस नेतृत्वको सरकार गठन हुने सम्भावना रहेको बताउनुभयो । आइतबार विश्वासको मतदानपछि नयाँ सरकारको नेतृत्वबारे निर्णय गरिन उहाँको भनाइ छ ।
इमेजखबर बाट

 

प्रतिक्रिया

 


Last Updated on: October 24th, 2021 at 10:14 am
४२५ पटक हेरिएको

तपाईको प्रतिक्रिया