
विराटनगर महानगरपालिकामा २४ घण्टाभित्र दुई मोबाइल पसलमा चो, री भएको छ । विराटनगर–९ स्थित हिमालयन रोडमा रहेको मोबाइल पसलमा चो, री भएको २४ घण्टा नबित्दै अर्को मोबाइल पसलमा चो, री भएको हो ।
गए राति विराटनगर–७ शनिमन्दिर चोकअगाडिको कोमल मोबाइल ट्रेडसमा चो, री भएको प्रहरीले जनाएको छ । उक्त मोबाइल पसलबाट ५० भन्दा बढी सेट मोबाइल चो, री भएको सञ्चालक राजकुमार राईले बताए । शनिबार पसल बन्द गरेर घर गएका उनले आइतबार बिहान एक्कासि मोबाइल पसल चोरी भयो भनेर खबर पाएका थिए ।
सञ्चालक राईले अनुसार पसलमा राखिएको साढे ८ हजार रुपैयाँ चो, रे, ले लगेको बताए । मोबाइल पसलसँगै नजिक रहेको किराना पसल चो, री गरेपछि कोमल मोबाइल ट्रेडसमा रहेको मोबाइलहरू चो, री गरेको देखिएको छ । शिवु सरकारले सञ्चालन गरेको किराना पसलदेखि १५ हजार रुपैयाँ र अन्य किरानाका सामानहरू पनि चो, री भएको बताइएको छ ।
यसअघि पनि विराटनगर–९ हिमालय रोडस्थित सनराइज इन्टरप्राइजेज नामक एक मोबाईल पसलमा चो, री भएको थियो । सटरको ताला फुटाएर शुक्रबार राति पसलमा चोरी भएको प्रहरीले जनाएको छ । पसलबाट झण्डै १ लाखभन्दा बढी मूल्यका डेढ दर्जन बढी स्मार्टफोनहरू चो, री भएका थियो । ग्राहकले बनाउन दिएका मोबाइलहरू पनि गायब रहेको पसलका सञ्चालक मधु राईले बताएका छन् ।
प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आइतबार (आज) प्रदेशसभाबाट विश्वासको मत लिँदै छन् । नेकपा एमाले विभाजनको दोस्रो दिन गत भदौ १० गते प्रदेश १ को मुख्यमन्त्री नियुक्त भएका आचार्यले शुक्रबार प्रदेशसभामा विश्वासको मत लिनका लागि प्रस्ताव पेस गरेका थिए ।
अब, आइतबार दिउँसो साढे १२ बजे बस्ने संसद् बैठकमा मुख्यमन्त्रीको सो प्रस्तावमाथि छलफल हुनेछ । छलफलपछि आजै मत विभाजन पनि हुनेछ ।
मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासको मत लिने प्रयोजनका लागि शुक्रबार नवौँ तथा हिउँदे अधिवेशनको तेस्रो बैठक थियो । सो बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मतका लागि संसदमा प्रस्ताव टेबल गरेका थिए ।
भदौ ९ मा एमाले विभाजित भएको भोलिपल्ट गठित सरकारले दल विभाजनको ३० दिनभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने थियो । तर संवैधानिक प्रावधानको आफू अनुकूल ब्याख्या गर्दै सरकारले आफ्नो आयु लम्ब्याउने प्रयास गरिरहेको थियो ।
असोज २४ गतेको बैठकपछि सभामुख प्रदीपकुमार भण्डारीले असोज २५ गतेका लागि बैठक बोलाएका थिए । तर प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले २४ गते साँझ नै सूचना जारी गर्दै संसद् बैठक कात्तिक ५ गते शुक्रबारका लागि बैठक तय गरिएको सूचना निकालेका थिए ।