सोमबार १८ मंसिर २०८०

शोभित बस्नेत फेरि विवादमा आएका छन्। लगातार राजेश हमाल महानायक होइन भनेर विवादमा आएका उनले हमालको फोटोलाई प्रमुख अतिथि बनाएर माफी नै मागेका थिए।

पछिल्लो समय आफ्नो नयाँ चलचित्र ‘डाँडाको बरपिपल’ फ्लप भएपछि बस्नेत पुनः महानायक विवाद उत्कृर्षमा पुर्याउने दाउमा देखिएका हुन्। यसअघि उनका चलचित्रका गीतमा लाइकभन्दा बढी डिस्लाइक आएका थिए।

लगत्तै चलचित्र हेर्न आएका दर्शक औंलामा मात्र गन्न सकिने संख्यामा थिए। हलबाट बस्नेतलाई खासै आम्दानी हुन सकेन।

यसबीचमा उनले महानायकको आतंक फैलाएर आफ्नो चलचित्रविरुद्ध माहोल बनाउनेलाई भविष्यमा राजेश हमालको चलचित्र हिट बनाएर देखाउन उनले चुनौति दिएका छन्।

उनी भन्छन्,‘महानायकले खेलेका म्युजिक भिडियो ट्रेन्डिङको टप ५० मा पनि किन नआएका हुन्? उहाँले चलाएका टेलिभिजन प्रोग्राम किन सुपरहिट नभएका?’

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आइतबार (आज) प्रदेशसभाबाट विश्वासको मत लिँदै छन् । नेकपा एमाले विभाजनको दोस्रो दिन गत भदौ १० गते प्रदेश १ को मुख्यमन्त्री नियुक्त भएका आचार्यले शुक्रबार प्रदेशसभामा विश्वासको मत लिनका लागि प्रस्ताव पेस गरेका थिए ।

अब, आइतबार दिउँसो साढे १२ बजे बस्ने संसद् बैठकमा मुख्यमन्त्रीको सो प्रस्तावमाथि छलफल हुनेछ । छलफलपछि आजै मत विभाजन पनि हुनेछ ।

मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासको मत लिने प्रयोजनका लागि शुक्रबार नवौँ तथा हिउँदे अधिवेशनको तेस्रो बैठक थियो । सो बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मतका लागि संसदमा प्रस्ताव टेबल गरेका थिए ।

भदौ ९ मा एमाले विभाजित भएको भोलिपल्ट गठित सरकारले दल विभाजनको ३० दिनभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने थियो । तर संवैधानिक प्रावधानको आफू अनुकूल ब्याख्या गर्दै सरकारले आफ्नो आयु लम्ब्याउने प्रयास गरिरहेको थियो ।

असोज २४ गतेको बैठकपछि सभामुख प्रदीपकुमार भण्डारीले असोज २५ गतेका लागि बैठक बोलाएका थिए । तर प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले २४ गते साँझ नै सूचना जारी गर्दै संसद् बैठक कात्तिक ५ गते शुक्रबारका लागि बैठक तय गरिएको सूचना निकालेका थिए ।

आचार्य गत भदौ १० गते शेरधन राईको स्थानमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री भएकै बेला अल्पमतमा परेका आचार्यले विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव असोज २५ गते सचिवालयमा दर्ता गराएका थिए ।

९२ प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा दल विभाजन भएसँगै एमाले नेतृत्वको सरकार अल्पमतमा छ । संसदमा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । प्रदेशमा सत्तारूढ दल एमालेसँग ४१ जना मात्रै सांसद छन् । विपक्षी गठबन्धनमा ५० जना सांसद छन् । केन्द्रीय तहको सहमतिअनुसार प्रदेश १ र बागमतीमा नेकपा एकीकृत समाजवादीको नेतृत्वमा सरकार बन्नेछ ।

मुख्यमन्त्री आचार्यले विश्वासको मत पाउने अवस्था नरहेका कारण मङ्गलबारसम्म प्रदेश १ ले नयाँ मुख्यमन्त्री पाउने सम्भावना छ । विपक्षी गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईलाई मुख्यमन्त्रीका रूपमा अघि सार्ने तयारी रहेको छ ।

आइतबार विश्वासको मतदानपछि गठबन्धनको तर्फबाट राजेन्द्र राईलाई मुख्यमन्त्रीका रूपमा प्रस्ताव गरिने नेकपा माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले बताए ।

 


Last Updated on: October 24th, 2021 at 12:51 pm
४७४ पटक हेरिएको

तपाईको प्रतिक्रिया