
तनहुँकि एक महिला केही दिन अघि देखि सम्पर्क बिहिन छिन । दशैको टीका लगाउन भनी माइती गएकी उनी घर नफर्किएकि हुन । दुई छोरा सगै लिएर टीका लगाउन माइती गएकी उनी माईतिबाट पनि घर जान भनी हिडेकी थिइन ।
तर बिच बाटोबाटै दुई छोराहरुलाई घर पठाई आफू सम्पर्क बिहिन भएको उनका श्रीमानले बताएका छन । लगातारको भारी वर्षाका कारण कतै बाढी पहिरोले केही भयो कि भन्दै आफुले सबै तिर खोजी गरेको उनले बताए ।
तनहुँ जिल्लाको आबु खैरेनी घर भएकी लालमती मगर टीका लाउन दुई छोरा लिएर माइती गएकी थिईन । तर घर आउदाँ दुई छोरा मात्र आए लालमती आइनन ।
छोराहरुलाई आफुले चलाउने मोबाइल फोन पनि दिएर घर पठाएकी लालमती आफु भोलिपल्ट मात्र घर आउने भन्दै दुई बालक छोराहरुलाई मात्र गाडि चढाई घर पठाएक उनका श्रीमान भिम बहादुर मगरले बताएका छन । तर उनी माइतिमा पनि नभएको खबर अहिले आफुले पाएको उनको भनाई छ ।