शुक्रबार १५ मंसिर २०८०

काठमाडौं । तेह्र वर्ष अगाडि राजतन्त्रको अन्त्य भई गणतन्त्र स्थापना भएपछि नागरिक भएका ज्ञानेन्द्र शाह र उनका छोरा पारस शाह बेला मौकामा चर्चामा आइरहन्छन् ।

पारस शाह त कहिले बैंककमा कन्निका नामक युवतीसँगको रोमान्सका कारण चर्चामा आएका थिए भने पछि तिनै युवतीबाट छुटकारा पाउन उनलाई हम्मेहम्मे परेको समाचार पनि आयो ।

पछिल्ला दिनमा पोखरामा सोनिका रोकाय नामक युवतीसँग उनको अफेयर पनि निकै भाइरल बन्यो । सोनिकासँगको अफेयरपछि पारस बेलाबेलामा पोखरा गइरहन्छन् । हिन्दूराज्यसहितको राजा राख्नुपर्ने परिकल्पनाकार कमल थापाहरु समेत पारसका यी गतिविधि र हुलिया देखेर वाक्कदिक्क हुने गरेका छन् ।

केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि राजावादीहरु यसलाई स्वर्ण मौकाका रुपमा उपयोग गर्दै हिन्दूराज्य र राजा फर्काउने दिवा सपना देखिरहेका छन् ।

ज्ञानेन्द्र र पारस पनि पछिल्ला दिनमा केपी ओलीले प्रतिनिधि सभा विघटन गरेपछि गणतन्त्र धरापमा परेकाले पुनः सिंहासन प्राप्त हुन्छ कि भन्ने आशामा सुषुप्त गतिविधि गरिरहेका छन् ।

पारस शाहले करिब १२ दिन अगाडि पोखरामा चर्चित पत्रकार रवि लामिछानेलगायतसँग वार्ता गरेका छन् । पोखराको वैदाम लेकसाइडस्थित एक रेस्टुरेन्टमा भएको उक्त वार्तामा के कुराकानी भए भन्ने कुरा चाहिं थाहा हुन सकेको छैन । तर उक्त रेस्टुरेन्टको एक हल सुरुमा चर्चित पत्रकार रवि लामिछानेको टोलीबाट बुक भएको थियो ।

त्यसको केही बेरपछि उक्त रेस्टुरेन्टमा सोही हल पारस शाहका सुरक्षाकर्मीले मागेपछि सञ्चालक अप्ठेरोमा परे । उनले पत्रकार रवि लामिछानेलाई त्यो हल दिइसकेकाले दिन असमर्थता जनाए ।

पारसका सुरक्षाकर्मीले रवि लामिछानेसँग नै भेट गर्ने कार्यक्रम रहेको भनेपछि रेस्टुरेन्ट सञ्चालक पारसको टोलीको सम्भावित त्रासबाट मुक्त भए ।

पत्रकार लामिछानेले पहिले नै उक्त हल बुक गरेको जानकारी गराए । स्रोतका अनुसार, साँझपख पारस शाह र रवि लामिछाने बिच करिब १ घण्टा वान टु वान वार्ता भएको थियो

 


Last Updated on: October 24th, 2021 at 2:30 pm
१९२ पटक हेरिएको

तपाईको प्रतिक्रिया