सोमबार १८ मंसिर २०८०

धनकुटा, ७ कात्तिक-धनकुटाको चौबिसे गाउँपालिकास्थित छरुवा खोलाले ब,गा,ए,र एक वृद्धको मृ, x त्यु भएको छ। मृ, x त्यु हुनेमा चौबीसे गाउँपालिका(५ बज्रमाईका ७१ वर्षीय भुवनसिं खड्का रहेको प्रहरीले जनाएको छ।

आइतबार बिहान खोला तर्ने क्रममा खड्कालाई खोलाले ब,गा,ए,को जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी दिपककुमार रायले जानकारी दिए। छोरीको घर जाँदै गरेका खड्कालाई खोलाले ब,गा,ए,र नजिक रहेको तमोर नदीमा पुर्‍याएको थियो। उनलाई स्थानीयबासीले उद्धार गर्दा मृ,त अवस्थामा फेला पारेका थिए।

काठमाडौं । तेह्र वर्ष अगाडि राजतन्त्रको अन्त्य भई गणतन्त्र स्थापना भएपछि नागरिक भएका ज्ञानेन्द्र शाह र उनका छोरा पारस शाह बेला मौकामा चर्चामा आइरहन्छन् ।

पारस शाह त कहिले बैंककमा कन्निका नामक युवतीसँगको रोमान्सका कारण चर्चामा आएका थिए भने पछि तिनै युवतीबाट छुटकारा पाउन उनलाई हम्मेहम्मे परेको समाचार पनि आयो ।

पछिल्ला दिनमा पोखरामा सोनिका रोकाय नामक युवतीसँग उनको अफेयर पनि निकै भाइरल बन्यो । सोनिकासँगको अफेयरपछि पारस बेलाबेलामा पोखरा गइरहन्छन् । हिन्दूराज्यसहितको राजा राख्नुपर्ने परिकल्पनाकार कमल थापाहरु समेत पारसका यी गतिविधि र हुलिया देखेर वाक्कदिक्क हुने गरेका छन् ।

केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि राजावादीहरु यसलाई स्वर्ण मौकाका रुपमा उपयोग गर्दै हिन्दूराज्य र राजा फर्काउने दिवा सपना देखिरहेका छन् ।

ज्ञानेन्द्र र पारस पनि पछिल्ला दिनमा केपी ओलीले प्रतिनिधि सभा विघटन गरेपछि गणतन्त्र धरापमा परेकाले पुनः सिंहासन प्राप्त हुन्छ कि भन्ने आशामा सुषुप्त गतिविधि गरिरहेका छन् ।

पारस शाहले करिब १२ दिन अगाडि पोखरामा चर्चित पत्रकार रवि लामिछानेलगायतसँग वार्ता गरेका छन् । पोखराको वैदाम लेकसाइडस्थित एक रेस्टुरेन्टमा भएको उक्त वार्तामा के कुराकानी भए भन्ने कुरा चाहिं थाहा हुन सकेको छैन । तर उक्त रेस्टुरेन्टको एक हल सुरुमा चर्चित पत्रकार रवि लामिछानेको टोलीबाट बुक भएको थियो ।

त्यसको केही बेरपछि उक्त रेस्टुरेन्टमा सोही हल पारस शाहका सुरक्षाकर्मीले मागेपछि सञ्चालक अप्ठेरोमा परे । उनले पत्रकार रवि लामिछानेलाई त्यो हल दिइसकेकाले दिन असमर्थता जनाए ।

पारसका सुरक्षाकर्मीले रवि लामिछानेसँग नै भेट गर्ने कार्यक्रम रहेको भनेपछि रेस्टुरेन्ट सञ्चालक पारसको टोलीको सम्भावित त्रासबाट मुक्त भए ।

पत्रकार लामिछानेले पहिले नै उक्त हल बुक गरेको जानकारी गराए । स्रोतका अनुसार, साँझपख पारस शाह र रवि लामिछाने बिच करिब १ घण्टा वान टु वान वार्ता भएको थियो

 


Last Updated on: October 24th, 2021 at 2:40 pm
६२२ पटक हेरिएको

तपाईको प्रतिक्रिया