सोमबार १८ मंसिर २०८०

सल्यान — जिल्लाको कपुरकोट गाउँपालिकामा जिप दुर्घटना हुँदा १ को मृत्यु भएको छ । दुर्घटनामा ७ जना घाइते भएका छन् ।

जिल्लाको बाग्चौर नगरपालिकाबाट दाङका लागि छुटेको भे १ च १८९० नम्बरको जिप आइतबार बिहान कपुरकोट गाउँपालिका ३ मुलपानीको वनस्पति उद्यान नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा बाग्चौर नगरपालिका निवासी वर्ष १८ का आशीष बस्नेतको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी प्रवक्ता प्रहरी निरीक्षक अर्जुन पौडेलका अनुसार दुर्घटनामा घाइते भएका बस्नेतलाई अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।

केही घाइतेको राप्ती उपक्षेत्रीय प्रादेशिक अस्पताल दाङमा उपचार भइरहेको र गम्भीर घाइते भएकी बविता रावललाई थप उपचारका लागि नेपालगन्ज लगिएको सूचना अधिकारी पौडेलले जानकारी गराए । सामान्य घाइतेअर्जुनको कपुरकोटस्थित मेडिकलमा उपचार भइरहेको उनको भनाइ छ ।

दुर्घटनाको कारण खुल्न सकेको छैन । जिप सडकदेखि सय मिटर खोल्सामा खसेको उनले जानकारी गराए ।

काठमाडौं । तेह्र वर्ष अगाडि राजतन्त्रको अन्त्य भई गणतन्त्र स्थापना भएपछि नागरिक भएका ज्ञानेन्द्र शाह र उनका छोरा पारस शाह बेला मौकामा चर्चामा आइरहन्छन् ।

पारस शाह त कहिले बैंककमा कन्निका नामक युवतीसँगको रोमान्सका कारण चर्चामा आएका थिए भने पछि तिनै युवतीबाट छुटकारा पाउन उनलाई हम्मेहम्मे परेको समाचार पनि आयो ।

पछिल्ला दिनमा पोखरामा सोनिका रोकाय नामक युवतीसँग उनको अफेयर पनि निकै भाइरल बन्यो । सोनिकासँगको अफेयरपछि पारस बेलाबेलामा पोखरा गइरहन्छन् । हिन्दूराज्यसहितको राजा राख्नुपर्ने परिकल्पनाकार कमल थापाहरु समेत पारसका यी गतिविधि र हुलिया देखेर वाक्कदिक्क हुने गरेका छन् ।

केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि राजावादीहरु यसलाई स्वर्ण मौकाका रुपमा उपयोग गर्दै हिन्दूराज्य र राजा फर्काउने दिवा सपना देखिरहेका छन् ।

ज्ञानेन्द्र र पारस पनि पछिल्ला दिनमा केपी ओलीले प्रतिनिधि सभा विघटन गरेपछि गणतन्त्र धरापमा परेकाले पुनः सिंहासन प्राप्त हुन्छ कि भन्ने आशामा सुषुप्त गतिविधि गरिरहेका छन् ।

पारस शाहले करिब १२ दिन अगाडि पोखरामा चर्चित पत्रकार रवि लामिछानेलगायतसँग वार्ता गरेका छन् । पोखराको वैदाम लेकसाइडस्थित एक रेस्टुरेन्टमा भएको उक्त वार्तामा के कुराकानी भए भन्ने कुरा चाहिं थाहा हुन सकेको छैन । तर उक्त रेस्टुरेन्टको एक हल सुरुमा चर्चित पत्रकार रवि लामिछानेको टोलीबाट बुक भएको थियो ।

त्यसको केही बेरपछि उक्त रेस्टुरेन्टमा सोही हल पारस शाहका सुरक्षाकर्मीले मागेपछि सञ्चालक अप्ठेरोमा परे । उनले पत्रकार रवि लामिछानेलाई त्यो हल दिइसकेकाले दिन असमर्थता जनाए ।

पारसका सुरक्षाकर्मीले रवि लामिछानेसँग नै भेट गर्ने कार्यक्रम रहेको भनेपछि रेस्टुरेन्ट सञ्चालक पारसको टोलीको सम्भावित त्रासबाट मुक्त भए ।

पत्रकार लामिछानेले पहिले नै उक्त हल बुक गरेको जानकारी गराए । स्रोतका अनुसार, साँझपख पारस शाह र रवि लामिछाने बिच करिब १ घण्टा वान टु वान वार्ता भएको थियो

 

 


Last Updated on: October 24th, 2021 at 4:50 pm
३८२ पटक हेरिएको

तपाईको प्रतिक्रिया