
सुनसरीको इटहरीमा बालविवाह गरेको अभियोगमा बेहुलाबेहुलीसहित चार जनालाई प्रहरीले प, क्रा, उ गरेको छ । उनीहरूलाई प, क्रा, उ गरेर बालविवाह विरुद्धको मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।
इटहरी-२ स्थित हवाई चौकमा १७ वर्षीया बालिकाको बालविवाह गरेको अभियोगमा बेहुला सन्दीप, बेहुली, बेहुलाका बुवा कालुबहादुर रसाइली र बेहुलीकी आमा सेविका दर्नाललाई प, क्रा, उ गरी मुद्दा चलाइएको सुनसरी प्रहरीले जानकारी दिएको छ । उनीहरूलाई इलाका प्रहरी कार्यालय इटहरीले असोज २५ गते विवाह मण्डपबाट प, क्रा, उ गरेको थियो ।
चारै जनाविरुद्ध सुनसरी जिल्ला अदालतबाट बालविवाह मुद्दामा पाँच दिन म्याद थप भई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
के हो बालविवाह
नेपालमा कानुनतः विवाह गर्ने उमेर २० बर्ष छ । त्यसैले २० वर्ष भन्दा कम उमेरमा गरिने विवाहलाई बाल विवाह भनिन्छ ।
शारीरिक र मानसिकरुपमा परिपक्व नभई विवाह गर्नु र सन्तान जन्माउँदा विविध समस्या आउन सक्ने भएकोले विवाहका लागि उमेरको हदबन्दी तोकिएको बुझिन्छ ।
बालविवाहको समस्या नेपालको तराई मधेस क्षेत्रमा बढी छ । शिक्षित समुदायमा भन्दा चेतना स्तर कम भएका, आर्थिक सामाजिक रुपमा पछि परेका मुसहर, चमार, डोम, मुस्लिम जस्ता समुदायमा बढी पाइन्छ । यादव लगायत अन्य समुदायमा पनि धेर थोर समस्या छ । त्यसो त नेपाल विश्वमा बालविवाह बढी हुने देश मध्ये दशौँ स्थानमा पर्दछ । दक्षिण एसियाली मुलुक मध्ये नेपालको बालविवाह र प्रजनन स्वास्थ्यका कारण मातृ मृत्युदर बढी छ ।
युनिसेफले सन २०१५ मा गरेको सर्वेक्षण अनुसार सप्तरी बालविवाह बढी हुने जिल्लाहरूमा पहिलो स्थानमा पर्दछ । नेपालमा हुने वाषिर्क बालविवाहको ८३ प्रतिशत सप्तरी जिल्लामा हुने गर्छ । राष्ट्रिय समस्याको रुपमा रहेको बाल विवाह प्रदेश नं २ मा अझ जटिल समस्याको रुपमा छ ।