
काठमाडौ । एक दिन अघि एमालेवाट निर्वाचितका भएका एक जना नेताले आफु नेकपा माओवादीको नेता भएको बताएका छन् । शनिवार सम्पन्न एमालेको वडा स्तरिय अधिवेशनवाट निर्वाचित भएका एक नेताले आइतवार विज्ञप्ती जारी गर्दै आफु माओवादीमै रहेको बताएका हुन् । शनिवार मात्रै एमालेको वडाध्यक्ष बनेका सिन्धुपाल्चोकका यि नेताले आफू माओवादी केन्द्रमै रहेको भन्दै विज्ञप्ति जारी गरेका छन्।
चौतारा साँगाचोकगढी नगरपालिका ४ मा शनिबार एमालेको वडाध्यक्ष बनेका रुद्रप्रसाद सापकोटाले आइतवार विज्ञप्ती मार्फत आफू माओवादी केन्द्रमै रहेको जनाएका हुन्। आफूलाई छलफल गर्नु छ भनेर बोलाएर बडाध्यक्ष बनाइएको भन्दै उनले त्यसप्रति असहमति जनाएका हुन्।
‘एमालेका केही जिम्मेबार व्यक्तिहरुले तपाईंसँग छलफल छ भनी बोलाएर मलाई एमालेको वडाध्यक्ष बनाएता पनि उक्त पार्टीप्रति मेरो कुनै संलग्नता नरहेको स्पष्ट पार्न चाहन्छु,’ सापकोटाले शनिबार साँझ विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘एमालेप्रति मेरो कुनै आस्था, विश्वास छैन।
मेरो आफ्नो संगठन नेकपा (माओवादी केन्द्र) को सदस्यता यसअघि नै नविकरण गरिसकेको सम्पूर्ण वडाबासीमा अवगत गराउँदै अनावश्यक भ्रममा नपर्न हार्दिक अनुरोध गर्दछु।’ चौतारा साँगाचोकगढी नगरपालिका सभामुख अग्नीप्रसाद सापकोटा निर्वाचित भएको क्षेत्र हो।
पोखरा- प्रहरीले पोखराबाट एक जना विदेशी नागरिकलाई बालबालिकाविरुद्धको कसुर गरेको अभियोगमा पक्राउ गरेको छ ।पोखरा महानगरपालिका–६ लेकसाइडबाट क्यानडियन नागरिक ४४ वर्षीय रोवर्ट किन्क्लेलाई शनिबार तीन बालकलाई साथमा राखी यौनजन्य गतिविधि गर्दै गरेका अवस्थामा फेला पारी पक्राउ गरी नाबालकको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो ।
नाबालकलाई ललाइफकाइ, डरत्रास, धाकधम्की तथा विभिन्न प्रलोभनमा पारी लामो समयदेखि यौनजन्य गतिविधि गर्दै आएको भन्ने सूचनाका आधारमा जिप्रकाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाइएको छ । अभियुक्तलाई जिल्ला अदालतबाट अप्राकृतिक मैथुन तथा बालबालिकाविरुद्धको कसुरमा सात दिन म्याद थपको अनुमति लिई घटना सम्बन्धमा अनुसन्धान कार्य अघि बढाइएको प्रनाउ हमालले जानकारी दिनुभयो । उनको साथबाट ल्याप्टप एक थान, मोबाइल एक थान, राहदानीसहित थप प्रमाणमा लाग्ने चिजबस्तु फेला पारिएको जनाइएको छ ।