शुक्रबार १५ मंसिर २०८०

काठमाडौं । ड्रग्स केसमा नारकोटिक्स कन्ट्रोल ब्युरोले गिरफ्तार गरेका बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानलाई छाड्न २५ करोड रुपैयाँ घुस मागिएको एक गवाह (बयान दिने व्यक्ति) ले दावी गरेका छन् । आर्यन खानलाई पक्राउ गरिँदा उनीसँग सेल्फी खिच्ने किरण गोसावीका निजी बडीगार्ड प्रभाकर सेलले यस्तो दावी गरेका हुन् ।

प्रभाकरका अनुसार गोसावीले आर्यनलाई छोड्नको लागि २५ करोड रुपैयाँ मागेका थिए । सेलले पेश गरेको एक एफिडेविटका अनुसार यो माग गोसावीले एनसीबीका प्रमुख समीर वानखेडेको तर्फबाट गरेका थिए । स्मरणीय छ प्रभाकर यो केसमा एनसीबीका गवाह पनि हुन् ।

प्रधाकरले आफ्नो नोटरी गरिएको एफिडेविटमा बताएअनुसार क्रुजमा छापा मारेपछि भएका घटनाक्रममा उनी त्यहीँ थिए । उनले किरण गोसावी र साम नामका एक व्यक्तिलाई एनसीबीको अफिसमा भेटेको देखेका थिए । उनका अनुसार यी दुई जनाले नीलो रंगको गाडीमा शाहरुख खानकी म्यानेजर पुजा डडलानीसँग पनि भेटेका थिए ।

प्रभाकरका अनुसार गोसावीले २५ करोड मागेको भए पनि १८ करोडमा कुरा मिलेको थियो । यसमध्ये ८ करोड समीर वानगेडेलाई दिने र अरु पैसा बाँकी मानिसहरुमा बाँडिने तय भएको थियो । प्रभाकरका अनुसार उनलाई पंचनामा कागज भनेर खाली कागजमा जबरजस्ती हस्ताक्षर गराइएको थियो । प्रभाकरले घटनाको समयमा बनाएको एउटा भिडियोमा गोसावीले आर्यनलाई फोनमा कसैसँग कुरा गराइरहेको पनि देख्न सकिन्छ ।

हेमन्त केसी/न्युज कारखाना, जाजरकोट । नेपालकै सबैभन्दा गहिरो ताल फोक्सुण्डो, वरिपरी पहाड, डाडाँले घेरिएको बीचमा रहेको वाइ आकारको यो ताल समुन्द्री सतहबाट तीन हजार ६११ मिटर उचाइमा छ । तालको लम्बाइ ४.८ किलोमिटर र चौडाइ १.६ किलोमिटर रहनुका साथै नेपालकै गहिरो मानिएको यो तालको गहिराइ ६५० मिटर छ । कान्जिरोवा हिमालको काखमा सजिएर बसेको यो ताल बेलाबेलामा रंग बदल्ने भनेर पनि चिनिन्छ । हिमालको काखमा, सफा, कन्चन र जडीबुटीहरूको मिश्रणबाट पग्लिएको हिउँबाट यसको जन्म भएको छ ।

शे–फोक्सुण्डो नेपालको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज हो । डोल्पा र मुगुमा फैलिएको छ । नेपालको पश्चिमी दुर्गम हिमालपार क्षेत्रमा रहेको यस निकुञ्जमा तिब्बती वातावरणमा पाइने प्राकृतिक सम्पदा पाइन्छ । यहाँ तल्लो हिमाली क्षेत्रदेखि लिएर उच्च हिमाली र हिमालपारी क्षेत्रको तिब्बती भूमिसम्मको भू–धरातल भएकाले हिउँ चितुवा, तिब्बती खरायो, चिरु, तिब्बती गधा, नाउर लगायत हिमाली क्षेत्रमा पाइने वन्यजन्तु पाइन्छन् ।

यस निकुञ्जलाई डाँफे, मोनाल, चिरलगायत २०० प्रजाति पंक्षीहरू, ६ प्रजातिका सरिसृप र ३२ प्रजातिका पुतलीले जैविक विविधतामा अझ धनी बनाइएको छ । यहाँ पाइने हिउँ चितुवाको आहारबिहारबारे वैज्ञानिक अनुसन्धानको नतिजाले यो निकुञ्ज हिउँ चितुवाका लागि सबैभन्दा उपयुक्त वासस्थान प्रमाणित भएको छ । काञ्जिरोवा दक्षिण (६,८६६ मि.), सिकाल्पो खाङ (६,५५६ मि.), वेज चुचुरो (७,१३९ मिटर )जस्ता हिमशिखरहरू र कतिपय हिमनदीहरूले यस निकुञ्जलाई अनुपम प्राकृतिक सुन्दरता प्रदान गरेका छन् ।


Last Updated on: October 25th, 2021 at 2:03 pm
३४२ पटक हेरिएको

तपाईको प्रतिक्रिया