
काठमाडौं। हामीलाई बाँच्नको लागि खाना चाहिन्छ । खानामा प्रायः अन्नबाट बनेका खाने कुराहरु खाइन्छ । तर, १७ वर्षका एक किशोरले जन्मेदेखि अहिलेसम्म अन्नको एक दाना पनि खाएका छैनन् । उनी केवल दुध खाएर बाँ’चेका छन् । भुजंग नामका यी किशोर भारतको महाराष्ट्रको चन्द्रपुर जिल्लाका हुन् ।
गुरुदास र सुनिता मडावीका १७ वर्षका छोरा भुजंग अहिले चर्चाको विषय बनेका छन् किनकि उनले आजसम्म दुधबाहेक अरु केही पनि खाएका छैनन् । भुजंग जन्मदेखि नै अनौठा थिए । उनले जन्मेपछि १२ दिनसम्म आँखा खोलेका थिएनन् र आमाको दुध पनि खाएका थिएनन् । यो कारणले उनका मातापिता निकै चिन्तित पनि थिए । १३ औं दिन मात्रै उनले आँखा खोलेका थिए र दुध खाएका थिए ।
भुजंगका पिता गुरुदास मडावीका अनुसार भुजंग ६–७ महिनाको भएपछि उनलाई दाल भात खुवाउने निकै प्रयास गरियो । उनलाई बिस्कुट खुवाउने पनि प्रयास गरियो तर सबै प्रयास असफल रहे। दुधबाहेक अरु जे खान दिए पनि भजंग चिच्याउन थाल्छन् र पूरै घरमा हंगामा मच्चाउँछन् । बाल्यकालदेखि अहिलेसम्म भुजंगको व्यवहार यस्तै छ ।
नवभारत टाइम्सका अनुसार भुजंगका पिता गुरुदास गरिब छन् । मजदुरी गरेर परिवार पाल्ने उनलाई दैनिक पर्याप्त दुध किन्न निकै कठिन हुन्छ । अहिले उनी जसो तसो दैनिक आधा लिटर दुध भुजंगको लागि ल्याउँ छन् । भुजंग त्यही दिनको आधा लिटर दुधले गुजारा गरिरहेका छन् । कहिलेकाहीँ पैसा नहुँदा दुध किन्न सकिँदैन । त्यस दिन भुजंग भोकै बस्छन् तर अरु केही खाँदैनन् ।
गुरुदास मडावीका अनुसार भुजंगको ६ वर्षको उमेरसम्म उपचार पनि गरिएको हो ताकि उनी खाना खान सकुन् तर उपचारपछि पनि उनीमा कुनै असर भएन। उनले केवल दुधलाई मात्रै आफ्नो आहार बनाए । डाक्टरका अनुसार भुजंग मेडिकल रुपमा भने स्वस्थ छन् । सन्तुलित भोजन नखाए पनि भुजंगमा यसको कुनै दुष्प्रभाव छैन ।
काठमाडौ । २१ बर्षिया आशा राई विवाहित हुन् । आशा हुँदा हुँदै उनका श्रीमानले दुईवटा श्रीमती विवाह गरिसकेका छन् । रोजगारको सिलसिलामा आशा ओमन पुग्नु भएको थियो । त्यहाँ रहँदा उहाँको कपिलबस्तु घर भएका केटासँग चिनजान भयो । अन्ततः उनिहरु लि भि ङ्ग टु गेदरमा बस्न थाले । केटा उतै रहे आ शा घ र फ र्कनु भयो । नेपाल फर्किए पछि सँगै बस्ने र विवा ह गर्ने कसम खाएका थिए । नेपालमा निषेधाज्ञा तथा विविध कारण लि भिङ्ग टु गेदरमा रहेका साथि फर्किएनन् । आशा नेपाल आए लगत्तै खोटाङ्ग पुग्नु भयो । प्रारम्भिक बयानमा आशाले पहिलो एक महिना मिन्स भएको बताउनु भएको छ ।
त्यस पछि महिनावारी नभएकाले बच्चा भएको शंका लागेर केटालाई फोन गरे पनि वेवास्ता गरेको बताउनु भयो । असार १८ गते शुक्रबार खोटाङ्गबाट काठमाडौ जान आशा बस चढ्नु भएको थियो । लगातारको बर्षातका कारण खोटाङ्गबाट माम्ति आउन रातको १२ बजिसकेको थियो । खाना विचमा खाएर बसमा सबै सु ति रहेका थिए ।माम्तिमा खोलाले बस जान नसक्ने भयो सबै निदाए । विहान ४ बजे आशा उठेर पिसाव फेर्न निस्किईन । धेरै बेर उनि आईनन पनि । बस मालिक सन्तोषी राई पनि सिटमै निदाईरहनु भएको थियो ।
केहि क्षणमा हल्लाखल्ला हुन थाल्यो । आशा बसमा बसिसक्नु भएको थियो । तर बाटो माथी बच्चा थियो । कारमा सवार यात्रुहरुले बच्चाका बारेमा सोधखोज गरे । सालनाल का टे । दुध चु सा उन थाले । केहि क्षण पछि मात्रै थाहा भयो आ शाले पि साव फेर्न जाँदा बच्चा जन्माएर पाखोमै छा डेर बसमा आएर बसेकी रहिछन् । प्रहरीलाई खवर भयो ।