शुक्रबार ०५ आश्विन २०८०

काठमाडौ । एक जना पत्रकारको निधन भएको छ । जनता टाइम्स डट कमका सम्पादक शान्तिराम कार्कीको निधन भएको हो । च्यानल नेपाल टेलिभिजनदेखि पत्रकारीता सुरु गरेका उनले दशक बढी मिडियामा विताएका छन् । उनको निधनमा सहकर्मीहरुले दुख ब्यक्त गरेका छन् । संचारकर्मी इन्द्र प्रसाद आचार्यले स्टटास लेख्दै त्यसको पुष्टि गरेका छन् ।

उनले लेखेको छन्, साथी शान्तिराम, च्यानल नेपाल टेलिभिजनदेखिको दशकौँको मित्रता कसरी सँधैका लागि छोड्यौँ भन्न सकिन्छ । तिमीलाई बचाउन हाम्रा प्रयास, संगठनका अध्यक्ष तपाईका प्रिय दाजु गणेश वस्नेतले गरेका करोडौ प्रयास र लाख बिन्ती असफल भएको खबरले स्तब्ध छु । तिम्रो आत्माले शान्ति पाओस् । प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य, अत्यन्तै सक्रिय पत्रकार ९जनताटाइम्स डटकमका सम्पादक० शान्तिराम कार्की अब हामीबीच रहनुभएन । शोकाकुल सम्पूर्णमा समवेदना व्यक्त गर्दछु ।

जनता टाइम्सका अध्यक्ष समेत रहेका प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले पनि कार्कीको निधन पुष्टि गर्दै लेखेका छन् मलाई माफ गर प्रिय भाई शान्तिराम । तिमीलाई बचाउने हाम्रो सवै प्रयाश बिफल भयो । तिम्रो आत्माले शान्ति पावस ।


Last Updated on: May 16th, 2021 at 11:23 am
१२७९ पटक हेरिएको

तपाईको प्रतिक्रिया