
कलंकीबाट भक्तपुरतर्फ जाँदै गरेको बस ग्वार्कोमा दु’र्घटना, डेढ दर्जन यात्रु घा’ईते
ललितपुर । ललितपुरको ग्वार्कोमा बिहान सबेरै बस दु’र्घटना भएको छ । चक्रपथमा भएको उक्त दु’र्घटनामा यात्रारत यात्रुहरु घा’इते भएका छन् । कलंकीबाट भक्तपुरतर्फ जाँदै गरेको बा.३ ख २१४२ नम्बरको यात्रुवाहक बस एक्कासी पल्टिँदा उनीहरु घा’इते भएको बताइन्छ ।
घाइते सबैको नजिकैको बीएण्डबी अस्पतालमा उपचार भइरहेको छ । दु’र्घटनामा बसको सिसा फु’टेको छ भने पल्टिएको कारण अरु पनि क्षति भएको ट्राफिक प्रहरीले जानकारी दिएको छ । बसका चालकलाई ट्राफिक प्रहरी, सातदोबाटोले नियन्त्रणमा लिएको छ ।उता इटहरीमा बस र पिकअप एकआपसमा ठ’क्कर हुँदा दु’र्घटना भएको छ ।
दु’र्घटनामा एकजना गम्भीर घा’इते भएका छन् भने पाँचजना घा’इते भएका छन् ।पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार आज (सोमबार) बिहान साढे ४ बजे इटहरी १ आँपगाछीस्थित इटहरीबाट धरानतर्फ आउँदै गरेको प्र १–०–२००१ ख ८४१२ नं बसले को १ च ६५३२ नं को पिकअपलाई जोगाउने क्रममा पिकअपमा ठक्कर भएर दु’र्घटना भएको थियो ।
दु’र्घटनामा डिभाइडरमा ठक्कर हुँदा बसमा सवार सप्तरी अग्निसार बस्ने वर्ष ४१ को शिवराम चौधरी, ग’म्भीर घा’इते भएका छन् । उनको उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ ।यस्तै, घा’इतेहरूमा धरान ६ बस्ने वर्ष २३ को सूर्य निरौला,
मोरङ बेलबारी ५ बस्ने वर्ष २९ को डम्बरबहादुर बन, भोजपुर ष’डानन्द ११ बस्ने वर्ष ३८ को शेरबहादुर कार्की कार्कीकै श्रीमती वर्ष ३५ की श्रृजना कार्की र सुनसरी बराहक्षेत्र ३ बस्ने वर्ष ४० को नगेन्द्र बस्नेत घा’इते भएका छन् । उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ ।तीव्र गतिका कारण दु’र्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।