
डडेल्धुरा, ८ कात्तिक- गत साता परेको अविरल वर्षाका कारण घर माथिबाट गएको पहिरामा परी ज्यान गुमााउनेका परिवारलाई राहात वितरण गरिएको छ । घरमाथिको भीरबाट खसेको ढुङ्गा लागेर मृत्यु भएकी आलिताल गाउँपालिका–८ की ५० वर्षीया पर्वती खड्काका परिवारलाई राहत रकम उपलब्ध गराइएको छ ।
प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले आज घरमै पुगेर मृत्तक पार्वतीका श्रीमान् धनबहादुर खड्कालाई रु दुई लाख रकम हस्तान्तरण गर्नुभयो । सङ्घीय सरकारको मापदण्डअनुसार जिल्ला विपद् व्यवस्थापन समितिले राहत रकम उपलब्ध गराउने निर्णय गरेको र सोहीअनुसार राहत रकम हस्तान्तरण गरिएको प्रजिअ जोशीले जानकारी दिनुभयो ।
गत बिहीबार दिउँसो घरनजिकै काम गरिरहेका बेला माथिबाट पहिरासँगै खसेको ढुङगा लागेर पार्वती गम्भीर घाइते हुनुभएको थियो । गम्भीर घाइते उहाँको उपचारका लागि धनगढी लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । अन्य स्थानका बाढीपहिरो पीडितलाई पनि चाँडै राहात उपलब्ध गराइने प्रमुख जिल्ला अधिकारी जोशीले बताउनुभयो (रासस) :
कञ्चनपुरको एक पर्यटकीयस्थलमा आफ्नै साथीहरूबाट एक युवकको ह’त्या भएको छ । भीमदत्त नगरपालिका–१० जिमुवाका एक युवकको कुटपि’टबाट मृ’त्यु भएको हो ।
आफन्तले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा किटानी जाहेरी दिएका छन् । उनीहरूले जिमुवाकै ४ जना युवाको नाममा कर्त’व्य ज्यान मुद्दा अन्तर्गत किटानी जाहेरी दिएका हुन् ।
प्रहरीलाई यथाशीघ्र सत्यतथ्य पत्ता लगाउन उनीहरूले आग्रह गरेका छन् । जिमुवाका २९ वर्षीय दीपेन्द्र जोशीको उपचारका क्रममा शनिबार बिहान लखनउस्थित ‘रक ल्याण्ड ट्रमा’ सेन्टरमा मृ’त्यु भएको थियो ।
उनको श’व महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ । जिल्ला प्रहरीका प्रवक्ता डिएसपी सिद्धराज न्यौपानेका अनुसार मृ’तकका आफन्तले ४ जना युवाविरु’द्ध किटानी र अन्य १० जनालाई पनि आरोपित बनाएर जाहेरी दिएका छन् ।
मृतक जोशी कैलाली भन्सार कार्यालयका भन्सार एजेन्ट रहेको समाचार सीमापत्र डटकममा उल्लेख छ । उनको धनगढी बसपार्कपछाडीको गोलमार्केटमा कपडाको होलसेल पसल पनि थियो ।
मृतकका मामा सोमराज जोशीले आफ्ना भान्जालाई उनकै ‘साथीहरुले’ ह’त्या गर्ने उद्देश्यले दशैंका दिन कुटपिट गरिएको दावी गरेका छन् ।
‘दशैंका दिन भीमदत्त नगरपालिका–९ स्थित सेल्फिडाडामा बोलाएर कुटपिट गरेको खुलेको छ,’ जोशीले भने,‘त्यसको दोस्रो दिन भाञ्जाकै साथीहरूले धनगढीको राजपुर लगेको र एक्कासी त्यहाँ दुर्घटनामा परेको खबर आयो । सत्यतथ्य के हो प्रहरीले छानवीन गरोस् ।’
मृतक जोशीको धनगढीस्थित माया मेट्रो अस्पतालमा प्राथमिक उपचार भएको थियो । टाउकोमा गम्भीर चोट भएकाले थप उपचारका लागि लखनउ रेफर गरिएको थियो । उपचारका क्रममा शनिबार मृ’त्यु भएपछि जोशी परिवार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पुगेको हो ।
प्रहरीले शुरुमा जाहेरी दर्ता गर्न आनाकानी गरेपनि दबाब बढेपछि दर्ता गरेको आफन्तको भनाई छ । लखनउका डाक्टरले टाउकोमा सडक दुर्घटनाका कारण चोट नलागेको र केही अरु नै कारण हुनसक्ने रिपोर्ट दिएपछि न्यायका लागि प्रहरी गुहारेको मृतकका मामा सोमराज जोशीले बताएका छन् ।
प्रतिक्रिया