सोमबार १३ मंसिर २०७८

पाँचथरको फिदिम नगरपालिका ४ सखरखण्डेमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने बसका चालक सहित ६१ जना घाईते भएका छन् ।

आज बिहान ११ बजे यासोकबाट फिदिम तर्फ आउदै गरेको को १ ख ३८६५ नम्बरको बस सडकबाट अन्दाजी २० मिटर तल झरी दुर्घटना हुँदा बसमा सवार रहेका लेटाङ नगरपालिका ६ मोरङका ७ बर्षीय प्रज्वल मगरको पाथीभरा अस्पताल, ईलाम बस्ने ३४ बर्षीया प्रमीला देवानको जिल्ला अस्पताल, उनकै ७ महिने छोरा निश्चल देवान र एक जना पहिचान हुन नसकेको महिलाको समर्पित अस्पताल पाँचथरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

दुर्घटनामा अरू ६१ जना घाइते बनेका छन् । गम्भिर घाईतेहरूलाई सुबिधा सम्पन्न अस्पताल लैजानको विराटनगरबाट हेलिकप्टर आउदै गरेको बताईएको छ । केहि घाईतेहरूको पाँचथर अस्पताल,पाथिभरा अस्पताल र सर्मपित अस्पतालमा उपचार भईरहेको छ ।

 

को १ ख ३८६५ नम्बरको बस फिदिम नगरपालिका–४ शान्तिपुरमा सडकबाट झरेर दुर्घटनामा परेको हो । अर्को सवारीको साधनलाई उछिन्ने क्रममा सडकको डिलबाट बस अगाडि बढ्दा सडकबाट करिब २० मिटर तल झरेको हो । दुर्घटनामा बसमा सवार सबै यात्रुहरू घाइते भएका थिए ।

४४ सिट क्षमताको उक्त बसमा ६५ यात्रु सवार रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये १५ भन्दा धेरैको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

सिकिस्त घाइतेलाई झापा र विराटनगरका अस्पतालमा रिफर गरिएको पाँचथर अस्पतालका प्रमुख डाक्टर बुद्धिबहादुर थापाले बताए । दसैँमा घर तथा आफन्तकहाँ पुगी फर्कँदै गरेको जिल्लाको कुम्मायक, तुम्बेवा र फाल्गुनन्द गाउँपालिकाका सर्वसाधारण दुर्घटनामा परेका हुन् ।

कुम्मायकको यासोक बजारलाई फिदिमसम्म जोड्ने निवुखोलास्थित पुलको भाग भत्केपछि यात्रुहरू ट्याक्सीबाट खोलासम्म आएर बस चढेका थिए । दुई किलोमिटर दूरी पार नहुँदा बस दुर्घटनामा परेको हो ।

 


Last Updated on: October 25th, 2021 at 5:48 pm
२०१ पटक हेरिएको

तपाईको प्रतिक्रिया