बिहिबार ०४ कार्तिक २०७८

काठमाडौं, जेष्ठ २ गते । ओमानबाट ५६० थान अक्सिजन सिलिन्डर बोकेर नेपाल वायुसेवा निगमको वाइडबडी जहाज नेपाल आइपुगेको छ । आज ओमानको राजधानी मस्कटबाट मध्यपूर्वमा रहेका गैरआवासीय नेपालीले सहयोग जुटाइ उक्त सिलिन्डर नेपाल पठाएका हुन् ।

नेपालमा यस अघिका विपत्तिका बेलामा पनि एनआरएनले आर्थिक लगायत विभिन्न सहयोग गर्दै आएको छ ।अक्सिजन सिलिन्डर खाडी मुलुकमा रहेका नेपाली र नेपाली दूतावास ओमानको सहकार्यमा नेपाल पठाईएको हो ।

केही दिन देखि नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले अक्सिजन ग्यास लगायत स्वास्थ्य सामग्री विभिन्न मुलुकबाट ल्यादै आएको छ । यसै बीच ओमानबाट फर्किएको जहाज आज राति ११ बजे चीनको राजधानी बेइजिङ स्वास्थ्य सामगी लिन जाने बताइएको छ ।

https://www.facebook.com/binod.shresthakranti


Last Updated on: May 16th, 2021 at 11:27 am
३५७ पटक हेरिएको

तपाईको प्रतिक्रिया