सोमबार १८ मंसिर २०८०

दर्के झरीको आवाजले सोमबार बिहान साढे ३ बजे नरे पार्कीको निद्रा खुल्यो। उठेर बाहिर आउँदा घरवरिपरि खोला जत्रै पानीको भल बगिरहेको थियो। गाउँको पुछारमा बग्ने डिक्ली गाडखोला चर्को आवाजले गडगडाइरहेको थियो । बझाङको थलारा गाउँपालिका–४, डिक्ला गाउँको पूर्वी कुनामा बस्ने पार्की आत्तिए । उनको घरभन्दा करिब १ किलोमिटर माथि ढोगदिना डाँडामा गत वर्ष नै सानो पहिरो सुरु भएको थियो ।

ढोग दिनाको पहिरो फुट्यो भने घर रहँदैन भन्ने डर उनमा थियो । ‘मान्छे त जोगाउनु पर्‍यो भनेर आमा, श्रीमती र केटा केटीलाई ब्युँझाँए । झरीमै हामी सबै छिमेकी गगने सार्कीको घर गयौं,’ ५५ वर्षीय पार्कीले सुनाए । करिब सय मिटर दूरीमा रहेको पार्कीको घरमा (जहाँ १८ जना थिए) जहान परिवार पुर्‍याएपछि अब त सुरक्षित भइयो भनेर ढुक्क भएका उनले एक्का\सि सम्झे– पहिरोले घर नै बगायो भने के खाने ?

गगनेका छोरा कलकलाई लिएर घर फर्के अनि एकएक बोरा धान उठाए । ‘आमाको औषधि र केटाकेटीको ओढ्ने लुगा पोको पारेर फर्किन के लागेका थियौं, एक्कासि ठूलो आवाज सहित पहिरो फुट्यो,’ पार्कीले भने, ‘कुहिरो र झरीको अँध्यारोमा पहिरो झर्दा खसेका ढुंगा आपसमा ठो’क्किएर आगोका झि’ल्का उठ्न थाले । हामी दुवै भागेर पर पुग्यौं ।’

करिब २० मिनेटसम्म गड्याङगुडुङ आवाज सहित पहिरो खसिरह्यो । ढुंगा ख’स्न रोकिएपछि कलक र नरे घर नजिक आए । नरेको घर केही भएको रहेन छ । जुन घर सुरक्षित भनेर केही बेर अगाडि परिवार छाडेर आएका थिए, त्यो घर र वरिपरिका अरू ६ घरको नामोनिसान थिएन । उज्याले हुन्जेलसम्म आधा गाउँ नै बगर बनिसकेको थियो । कलकका परिवारका १८ र नरेका ५ गरी २३ जना बसेको घरलाई बीचमा पारेर १ किलोमिटर जति पहिरो फै’लिएको थियो ।

बुधबार दिउँसो मात्रै केही सम्हालिएका नरे अब एक्लो भएका छन् । जीवनको उत्तरार्द्धमा एकै पटक सबै परिवार गु’माएर एक्लिनुको पी’डा त उनको मनमा छँदै छ,बिहानै सपरिवार गगनेको घरमा नपुर्‍याएको भए कसैलाई केही नहुने रहेछ भन्ने पछुतोले उनलाई झन् विक्षि’प्त बनाउने गरेको छ । ‘आफ्नै घरमा राखेको भए केही नहुने रहेछ,’ उनले रुँदै भने, ‘उता सुरक्षित होला भनेर पुर्‍याएँ, मार्न पठाए जस्तो भयो ।’

आमा, श्रीमती, चार छोराछोरी, भाइ, भाइबुहारी र भतिजाभतिजी गरी १७ जना परिवारका सदस्य गु’माएका कलक सार्कीको अवस्था झन् पी’डादायी छ । छिनछिनमा बेहो’स हुने उनका आँखा रुँदारुँदा राता भइसकेका छन् । ‘जे हुनु भइहाल्यो भनेर मन बुझा उने प्रयास गर्छु,’ उनले भने, ‘यस्तै देख्नका लागि म मात्रै किन बाँचे हुँला जस्तो लाग्छ ।’ कान्तिपुर दैनिकमा खबर छ ।

 


Last Updated on: October 25th, 2021 at 6:15 pm
२७५ पटक हेरिएको

तपाईको प्रतिक्रिया