
सामाजिक सञ्जालमा लोकप्रिय हुने लोभले एक महिलाको ज्यान गएको छ । सिओक्वियुमे नामकी यी चिनियाँ महिला पेसाले टावर क्रेन अपरेटर थिइन् । कामका सिलसिलामा उनी १ सय ६० फिटको उचाइबाट लाइभ भिडियो बनाउँदै थिइन्, त्यहाँबाट ख, से, पछि उनी घाइते भइन् । यति माथिबाट ख, स्दा पनि मोबाइल फोन भने उनको हातमै थियो । यी महिलालाई तत्कालै अस्पतालतर्फ लगियो । तर बाटोमै उनको मृ, x त्यु भयो ।
१ लाखभन्दा धेरै फलोअर्स
बेलायती अखबार द सनको रिपोर्ट अनुसार उनले ‘सिओक्वियुमे’ नामबाट सामाजिक सञ्जालमा एकाउन्ट खोलेकी थिइन् । जहाँ, उनले आफ्नो जीवनका दैनिक गतिविधि तथा क्रेन सञ्चालनसँग जोडिएको भिडियो पोस्ट गर्ने गरेकी थिइन् । उनी सामाजिक सञ्जालमा निकै प्रख्यात थिइन् र १ लाखभन्दा धेरै फलोअर्स थिए ।
२३ वर्षकी यी महिला दुई छोराछोरीकी आमा समेत थिइन् । मंगलबार सबै सहकर्मीहरू कामका लागि गएका बेला लाइभ भिडियो बनाउनका लागि क्रेनमा चढेकी थिइन् । यस दौरान उनको खुट्टा चि, प्लि, यो । यद्यपि, मृतक परिवारले यो दाबीलाई अस्वीकार गरेको छ । परिवारले आफ्नी छोरी कामलाई लिएर निकै गम्भीर भएको भन्दै उनले ड्युटीका दौरान भिडियो बनाउन नसक्ने दाबी समेत गरेको छ ।