आइतबार १९ मंसिर २०७८

बुटवल । विरामी बचाउन हुकिएको एम्बुलेन्सले उल्टै २ जनाको ज्यान लि, एको छ । रुपन्देहीमा एम्बुलेन्सले मोटरसाइकललाई ठ, क्क, र दि, ए, र मोटरसाइकल सवार दुईजनाको मृ, x त्यु भएको हो ।

मृ, x त्यु हुनेमा मोटरसाइकल चालक गुल्मी स्थायी घर भई रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ बस्ने २४ वर्षीय अनमोल थापा र मोटरसाइकलको पछाडि बसेका सैनामैना–४ का ३५ वर्षीय निशान क्षेत्री रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते थापा र क्षेत्रीको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृ, x त्यु भएको लुम्बिनी प्रदेश ट्राफिक कार्यालयका प्रवक्ता डीएसपी डिल्ली नारायण पाण्डेले जानकारी दिनुभयो ।

पश्चिमबाट बुटवलतर्फ आइरहेको लु १ झ २८७ नम्बरको एम्बुलेन्स र बुटवलबाट पश्चिमतर्फ गइरहेको लु २४ प ३९८७ नम्बरको मोटरसाइकल बुटवल उपमहानगरपालिका वडा नम्बर १२ तामनगरमा ठो, क्कि, ए, का थिए ।

एम्बुलेन्स चालक गैडहवा गाउँपालिका ६ का ३६ वर्षीय सुरेन्द्र मुराउ घाइते भएका छन् । प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि उनलाई प्रहरी नियन्त्रणमा राखिएको लुम्बिनी प्रदेश ट्राफिक कार्यालयका प्रवक्ता पाण्डेले जानकारी दिनुभयो ।

काठमाडौँ । निर्वाचन आयोगले सरकारसँग मतदाता नामावली व्यवस्थापन शीर्षकमा ३० करोड रुपैयाँ माग गरेको छ ।

स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा आयोगले मतदाता नामावली व्यवस्थापन गर्ने प्रयोजनका लागि ३० करोड रुपैयाँ माग गरेको हो । आयोगले मतदाता नामावली व्यवस्थापन गर्ने कार्य छठ लगत्तै सुरु गर्ने योजना बनाएको छ ।

यस्तै प्रधानमन्त्री शेरबहादुर देउवा सोमबार निर्वाचन आयोग पुगेका छन् । स्थानीय तहको चुनावको विषयमा छलफल गर्न प्रधानमन्त्री देउवा निर्वाचन आयोग पुगेका हुन् ।

प्रधानमन्त्री देउवा र निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्तहरुबीच भएको छलफलमा आयोगले चैत ५ गतेभित्र स्थानीय निर्वाचन गर्न सिफारिस गरेको छ ।

आयोगले स्थानीय तहका सम्पूर्ण पदाधिकारीको कार्यकाल आगामी जेठ ५ गते सकिँदैछ । २०७४ वैशाख ३१ मा चुनाव भएको ७ दिनदेखि गणना गर्दा कार्यकाल जेठ ५ गते सकिने देखिएको आयोगको भनाइ छ ।

कार्यकाल सकिएको ६ महिनाभित्र चुनाव गर्नुपर्ने संविधानमा लेखिएपनि निर्वाचनसम्बन्धी कानुनमा म्याद सकिनु भन्दा दुई महिनाअघि चुनाव गर्नुपर्ने भन्ने भएकाले जेठ ५ अघि नै चुनाव गर्नुपर्ने देखिएकाले सोही अनुसार सिफारिस गरेको आयोगले जानकारी दिएको छ । यसबारे प्रधानमन्त्रीले उपर्युक्त निर्णय दिने बताएका छन् ।

प्रतिनिधिसभाको ४, प्रदेशसभाको १८ र केही स्थानीय तहमा रिक्त स्थानमा उपनिर्वाचन गर्ने बिषयमा छलफल भएको आयोगका सहसचिव यज्ञप्रसा भट्टराईले जनाएका छन् । यस्त अगामी फागुन २१ ग्तेबाट रिक्त हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनको बारेमा समेत छलफल भएको छ ।

‘स्थानीय तहको आगामी निर्वाचनका सम्बन्धमा भएका संवैधानिक तथा कानुनी व्यवस्था, प्रतिनिधि सभाका रिक्त ४ सदस्य र प्रदेश सभामा रिक्त १८ सदस्य पदको उपनिर्वाचन सम्बन्धमा पनि प्रधानमन्त्रीसँग छलफल भएको छ’ भट्टराईले भने ।

आयोगको पदाधिकारीसंगको छलफल पश्चात प्रधानमन्त्री देउवाले राजनीतिक दलहरुसंग छलफल गरेर अगाडी बढने बताएका छन् ।

यस्तै आयोगका पदाधिकारीहरुले निर्वाचन सम्बन्धी कानुनको पुनरावलोकन, परिमार्जन तथा एकीकृत निर्वाचन कानुनका सम्बन्धमा पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

 


Last Updated on: October 25th, 2021 at 8:20 pm
१२४ पटक हेरिएको

तपाईको प्रतिक्रिया