
काठमाडौं । रत्नपार्क राजधानीको मुटु हो । यहाँ अफिस टाइम तथा साँझको समयमा मानिसहरुको बाक्लै रुपमा हिँडडुल गर्छन् । फुटपाथमा साना पसल थाप्नेदेखि घर फर्कन गाडी कुर्नेहरुको लाम पनि रत्नपार्कमा देखिन्छ । केही वर्षअघि अहिले सञ्जालमा लोकप्रिय मुकुन्द घिमिरे उर्फ ‘मुकुन्दे’ले रत्नपार्कलाई कमाइ खाने भाँडो बनाएका थिए । उनी रुखमा बसेर भाषण गर्थे । उनको भाषण सुन्ने मानिसहरुको भिड नै लाग्थ्यो त्यहाँ । तर, अहिले पाँचसात वर्षअघिको रत्नपार्क छैन । फेरिएको छ।
जादु देखाउनेदेखि आवाज दिएर आफ्नो सामान बिकाउनहरु साइड लागेका छन् । रत्नपार्क व्यवस्थित भएको छ । तर, ठ्याक्कै बाहिरको अवस्था भने घिन लाग्दो छ । साँझ ६ बजेदेखि रत्नपार्कको बारमा अढेस लगाएर यौनकर्मीहरु रंगीन रात सुम्पन मोल गरिरहेको अवस्थामा भेटिन्छन् ।
साँझको समयमा रत्नपार्कको फुटपाथ व्यस्त देखिन्छ । उक्त फुटपाथले लगभग सय परिवारको चुलो बलेको छ । तर, बिडम्बना फुटपाथ बजार उठेपछि त्यही ठाउँमा अर्को बजार लागिहाल्छ । त्यो हो यौन बजार । रत्नपार्कको यौन बजारमा लगभग सयको हाराहारीमै यौनकर्मी रहेका छन् । तीमध्ये आधाजसो तेस्रोलिगीं ।
रत्नपार्कको एकै ठाउँमा यौनकर्मीहरु सल्बलाउँदैनन् । उनीहरुको पनि छुट्टाछुट्टै समूह छ । एउटा समूहले वीर अस्पतालको पारीपट्टि अड्डा जमाएर बस्छ । त्यस्तै अर्को समूहले रत्नपार्कको बीचमा । एउटा समूह पुल तथा पुलको मुनि आफूलाई मोलमोलाइको लागि उभ्याउँछ भने अर्को समूहले प्राधिकरणको पारीपट्टि आफूहरुलाई प्रस्तुत गर्छ । अचम्म त के भने यौनकर्मीबीच पनि त्यहाँ सिण्डिकेट छ । उनीहरुले आफ्नो स्थानबाट अन्त गएर बार्गेनिङ गर्न पाउँदैनन् । हरेक समूहको एउटा नाइके हुन्छ । अन्त गएर बार्गेनिङ गरेको थाहा पाएमा उसले लगभग त्यहाँबाट कारोबार गर्न पाउँदैन ।
तपाईले त्यहाँ करिब दुई घण्टा बिताउनु भयो भने रत्नपार्कको यौन बजार छर्लङ्गै बुझ्नुहुन्छ । खासमा भन्ने हो भने रत्नपार्कमा अचेल यौनकर्मी बिक्न हम्मेहम्मे नै छ । सँधैजसो उही ग्राहक र उही यौनकर्मी भएका कारण पनि उनीहरु रोजाइमा नपरेका हुन् । केही झुण्ड उनीहरुको पछि लाग्छन्, जिस्क्याउँछन् र हेर्छन् । तर, पैसामा सेक्स किन्दैनन् । आकलझुकलले बार्गेनिङ गर्छन् र लान्छन् । अरुको कतिखेर ग्राहक आउलान् र मेरो पालो आउला भन्दै कुर्न थाल्छन् ।
रत्नपार्कमै अखडा बनाउने यौनकर्मी नबिक्ने अर्को कारण भनेको बाहिरी दलाल हो । पुरुषहरु यौनका लागि रत्नपार्क धाउने भएकाले बाहिरी दलालहरुले पनि त्यसलाई नै अखडा बनाउन थालेका छन् । तपाई एक्लै एकछिन् उभिनु भयो भने दलालले तपाईलाई सोध्नेछ, ‘दाजु आज रमाइलो गर्ने सुरमा हुनुहुन्छ हो । हामीसँग भर्खर कलेज पढेका फ्रेश केटीहरु छन् । यहाँका भन्दा सफासुग्गरी नि छन् । सुरक्षित तवरले पनि हुन्छ ।’
दृश्य नम्बर १ः बारमा अडेस लगाएर बसेकी एक यौनकर्मीलाई वरिपरी उभिएर एउटा झुण्डले हेरेको धेरैबेर भएको थियो । उनले पनि केही हाउभाउ गरिरहेकी थिइन् । लामो कपाल पालेको, अझ ठाउँठाउँमा रातो हालेको, कानमा मुन्द्रा लगाएका भर्खरका केटा उनी नजिकै पुगे ।
केटो बोल्यो कति ? केटी बोलिन रु १५ सय । केटो बोल्यो हजारमा हुन्नँ । तर केटी भने रु १२ सय नभई जान्नँ भनेर कठोर बन्दै मुन्टो फर्काइन । उनीहरुले गरेको बार्गेनिङ सडकसम्मै सुनिएको थियो । उनी १२ मा गइन् ।
दृश्य नम्बर २ः रातो पल्सरले वीर अस्पतालको अपोजिटमा ब्रेक लगायो । यौनकर्मीले सुइँको पाइन् र बाइक नजिकै गइन् । केहीबेर कुरा गरे उनीहरुले । खै कतिमा कुरा मिल्यो । उनीहरु बाइकमा हुँइकिए ।
दृश्य नम्बर ३ः बार्गेनिङ चलिरहेको थियो प्रहरीको भ्यान आयो । यौनकर्मीहरुको भागाभाग भयो । केहीबेर उनीहरु बसपार्कभित्र जम्मा भए । होहल्ला समेत गरे । एकछिनमा प्रहरी भ्यान गयो । उनीहरुले आफ्नो कामलाई निरन्तरता दिए । प्रहरी पनि ड्युटीका लागि ड्युटी गरिरहेको जस्तो देखिन्थ्यो ।
तेस्रो लिंगीको छेउमा उमेरले चार दशक कटेका पुरुष पुगे । उनीहरुको हाउभाउ बोलीवचन अनुसार चिनजानकै जस्तो देखिन्थ्यो । लाग्थ्यो उनी रत्नपार्कमा ग्राहक खोज्न बेलाबेलामा आइरहन्छन् ।
कतिमा जाने रु२ हजार सयमा हुन्छ रु अँह हुन्नँ । हजार घटेर नजानी आज त ।सात सय मात्रै छ मसँग हुन्छ कि हुन्न भन ।
ती यौनकर्मीले सात सय गुमाउन चाहिनन् । र, उनीहरु बाटा लागे ।
पिक आवर मानिने समयमा पनि निकै कम यौनकर्मीले मात्र ग्राहक पाए । यसको अर्थ हो अचेल रत्नपार्कमा यौनकर्मी बिक्न सकस छ । केहि भिडियोमा कैद गरिएका दृश्यहरू यहाँहरूकै लागि समावेश गरिएकाे छ ।
भिडियोः