
मेष राशिः मेष राशि हुनेहरुको लागि आज पुरुषार्थ बढ्ने र राम्रो उद्यम सम्पादनको दिन रहेको छ । मुख्य ठानिएको काममा ग्रहको अबरोध पनि हुनसक्ने देखिन्छ । अतिरिक्त पक्षमा ग्रहले राम्रै बल दिइरहेको देखिन्छ । कामकार्यमा रुचि बढ्ने छ । विशेष कार्ययोजना बन्नसक्ने छ । आफन्तीसँग भेटघाट हुने र सहयोग पनि पाइने छ । महत्त्वपूर्ण काममा आउने समस्या हटाउन श्रीहनुमान जीको र श्री सूर्यनारायण जीको दर्शन भक्ति उपयुक्त हुनेछ । आज यहाँलाई तीन अङ्क र हरियो रङ्गको प्रयोग गर्नु बढी फापसिद्ध बन्नसक्ने छ ।
वृष राशिः वृष राशिका व्यक्तिहरुको लागि आज लक्ष्मी तथा सरस्वती दुवैको कृपा मिल्ने योग परेकोले खजाना–धन दौलत जम्मा हुने र ढुकुटी बढ्ने देखिन्छ भने बोलीको सकारात्मक प्रभाव पर्नेछ । आज विषय वस्तु अर्थात कुरो बुझाउन सक्ने खुबीको विकास हुनाले धेरै मान्छेसँग डिलगर्न सकिने छ । बुद्धिमतापूर्वक समयको सदुपयोग गरेको खण्डमा मान्छेहरुबाट समर्थन लिन सकिने दिन रहेको छ । महत्तवपूर्ण काममा आफन्तहरूबाट सहयोग मिल्नेछ । लाभ एवम् सफलताको कारण कामकार्यमा थप उत्साह तथा उमङ्ग बढ्नेछ । आज तपाईँलाई दुई अङ्क, सेतो रङ्गको प्रयोग र भगवान सूर्यनारायणको सेवा आराधना गर्नु सुखप्रद हुनेछ ।
मिथुन राशिः मिथुन राशिका व्यक्तिहरुको लागि आज आकर्षण एवम् मानप्रतिष्ठा बढ्नेछ भने मिठो खानेकुरा प्राप्ति हुनसक्ने छ । व्यवसायबाट धनलाभ हुने एवं भौतिक सुख र आफन्तजनबाट प्रशंसा पनि प्राप्ति हुनसक्ने देखिन्छ । अभिष्टकार्यमा सफलता मिल्नसक्ने गोचर रहेको छ, ईच्छित कार्य पूर्णताको लागि दृढताको साथमा अगाडि बढ्नसकिने छ । कार्यक्षेत्रमा तथा सामाजिक जिम्मेवारी थपिनसक्ने छ । मनोरञ्जनात्मक कार्यक्रम आदिमा पनि सरिक हुन पाइनसक्ने छ । नयाँ लगानीको प्रस्ताव आउनसक्ने सम्भावना पनि देखिन्छ । आज यहाँले पितृको नाममा गरीब दीनदुःखीहरुलाई भोजन खुवाउनु वा दान दिनु विशेष शुभकर हुनेछ ।
कर्कट राशिः कर्कट राशिका व्यक्तिहरुको लागि आजको दिन केही संघर्षकर रहेको देखिएको छ । अल्लि बढी कोसिसले मात्रै ईच्छित कार्यमा आंशिक सफलता मिल्नसक्ला । बहकावमा आएर कुनै पनि हल्लामा नलागेको राम्रो हुनेछ अन्यथा परिणाम विपरित पनि आउनसक्ने गोचर देखिन्छ । बुद्धिमततापूर्वक फजुलका विषयबाट पन्छिनु उपयुक्त हुनेछ । उन्माद स्वभाव बढ्नसक्ने तथा खतिक्षति हुनसक्ने र पश्चाताप पर्ने सम्भावना रहेको छ होसियारी अप्नाउनु होला । यात्राको पनि योग देखिएको छ । अप्रत्यासित रुपमा कुनै काम बन्ने र भौतिक उपलब्धि हुनसक्ने कुरालाई भने नकार्न सकिन्न । यहाँको लागि आज तीन अंक र पहेंलो रंगको प्रयोग एवम् दान सहयोग गर्नु शुभप्रद हुनेछ ।
सिंह राशिः सिंह राशि हुनेहरुको लागि आजको दिन उच्चमनोबल बढ्ने र महत्त्वपूर्ण काम सम्पादन गर्नसकिने दिन रहेको छ । आर्थिकपक्ष सबल हुनेछ । स्वजनबाट सहयोग मिल्ने छ भने विद्यार्थीहरुको लागि विद्यामा रुचि र सफलता मिल्ने छ । सन्तानको बाटोबाट पनि सन्तोष लिनसकिने छ । पेशा तथा व्यवसाय आदिबाट यथा औकात धनार्जन गर्नसकिने र आर्थिक भार कम हुने हुनाले चित्तवृतिमा शान्ति मिल्ने छ । स्वकार्यबाट सन्तुष्टि मिल्ने छ भने यात्रा सफल हुने देखिन्छ । सामाजिक क्षेत्रमा प्रतिष्ठा तथा यशकृति बढ्न गई आत्मबल पनि बृद्धि हुने ग्रहगोचर परेको छ ।
कन्या राशिः कन्या राशि हुनेहरुको लागि आजको दिन ग्रहको केही अबरोधको बाबजुत पनि ईज्जत प्रतिष्ठा एवम् प्रख्याति बढ्ने देखिएको छ । पेशा एवम् व्यवसायिक क्षेत्रबाट राम्रो लाभ गर्नसकिने छ । तार्किक क्षमता बढ्ने र प्रतिस्पर्धामा सफलता मिल्नेछ । सन्तानको पक्षबाट पनि सन्तोष प्राप्त हुने र अधुरा रहेका केही कामहरुलाई पूरा गर्नसकिने छ । राजनीति एवम् समाजसेवा जन्य कामबाट पनि प्रसिद्धि कमानउ सकिनेछ । पहिले कुरा चलिसकेकाहरुका लागि प्रेम वा विवाह प्रस्तावको पनि सम्भावना छ । महत्त्वपूर्ण कार्यमा आउनसक्ने बाधा निवारणको लागि भगवान हनुमानदेवलाई खुशी बनाउनु तथा भगवान सूर्यको भक्ति गर्नु शुभप्रद हुनेछ ।
तुला राशिः तुला राशिहुनेहरुको लागि आजको दिन सामान्यतया कान्तिमा मलिनता तथा अपजसको बाबजुत पनि कार्यमा केही सफलता मिल्ने र व्यवसायिक उन्नति गर्नसकिने तथा आर्थिक लाभ हुने छ । समय संघर्ष पछि मात्रै केही उपलब्धि दिने गोचरले युक्त भएकोले साहस बढाएर स्वकर्ममा लाग्नाले कार्यक्षेत्रमा देखिएका केहीहद्सम्म हट्ने र कामहरु बन्न थाल्ने छन् । केही सहयोगीहरु पनि मिल्नेछन् । धर्म–अध्यात्म गर्ने मौका पनि मिल्नसक्ने छ । भावी योजनाको बारेमा सोँचविचार हुने र कार्ययोजना तय हुनसक्ने छ ।
वृश्चिक राशिः वृश्चिक राशिहुने व्यक्तिहरुको लागि आजको दिन विलासिता तथा राजसी आहारले क्रमशः स्वास्थ्यमा समस्या देखिनसक्ने छ । कामकार्यमा पनि विभिन्न खालका अबरोधहरुको सामना गर्नपर्ने सम्भावनालाई गोचरले देखाइरहेको छ । आज दीर्घरोगीहरुले स्वास्थ्यमा अल्लि बढी ध्यान दिन जरुरी हुनेछ । दैनिक जिविकोपार्जन आदिको विषयमा पनि समस्या थपिनसक्ने भएको हुनाले संघर्षको सामना गर्ने मानसिकतामा बस्नु उपयुक्त हुनेछ । समय प्रतिकूल छ भनेर बुझ्न नसके अशान्ति हुन सक्नेछ र बुझेर धैर्य गर्नसकेको खण्डमा भने केही सहज हुनेछ । आज भगवान श्री सूर्यदेवजीको भक्ति बढाउनु हितकर हुनेछ ।
धनु राशिः धनु राशि हुनेहरुको लागि आजको दिन भौतिक सुखकर रहनेछ । दा म्प त्य सुख मिल्ने तथा विपरित जोडीको सहयोग मिल्नेछ । युवायुवतीहरुको लागि प्रेमको प्रस्ताव आउन पनि सक्ने सम्भावना रहनेछ । आन्तरिक तथा वैदेशिक यात्राको पनि सम्भावना देखिएले भ्रमण आदिको अवसर मिल्नसक्ने छ । व्यापार व्यवसायीले कर्मक्षेत्रबाट राम्रो लाभ गर्न सकिने छ । जागिर आदि र घरपरिवार एवम् कार्यक्षेत्रमा सौहार्दपूर्ण वातावरण सृजना हुनेछ । विभिद् सांसारिक उपलब्धि हुन गई मानसिक सुख एवम् शान्ति मिल्नेछ ।
मकर राशिः मकर राशिहुने व्यक्तिहरुको लागि आजको दिन तुलनात्मकरुपमा सुधारोन्मुख मान्न सकिन्छ, तथापि गन्तव्य चुम्न कठिन देखिएको छ । बन्ने कामपनि बिग्रने हो कि भन्ने भय देखिएको छ ख्याल पुर्याउनु होला । त्यसको बाबजुत पनि बल एवम् साहस बढ्ने दिन छ, उ न्मा द्लाई संयम गर्न सकेको खण्डमा केही भौतिक कर्महरु संपादन गर्न सकिनेछ । सर्तमा लचकता अप्नाएर विपक्षीसँग सम्झौता हुनपनि सक्नेछ । वातवायु एवम् स्ना यु तथा न शाका विमारको सम्भावनालाई नकार्न सकिन्न स्वास्थ्यमा ख्याल पुर्याउनु होला । ग्रहको प्रभावमा कमि आओस भन्ने कामना गरी भगवान श्री गणेश एवं हनुमानदेवको सेवा गर्नु उपयुक्त हुनेछ ।
कुम्भ राशिः कुम्भ राशिका व्यक्तिहरुको लागि आजको दिन ज्ञानविवेकको सदुपयोग गर्नसकिने र प्रशंसा मिल्ने रहेको छ । विद्यार्थीको लागि बढी उपयोगी दिन रहनसक्ने छ । प्रतिष्ठा र छविको बचस्व स्थापित गर्नसकिने छ । ज्ञानोदयको ग्रहप्रभावले कलाकौशलता बढाउने र दार्शनिक तथा सैद्धान्तिक पक्षमा खरो उत्रनसकिने छ । कर्मक्षेत्र तथा व्यवसायमा प्रगति हुनाले आर्थिक सङ्कलन गर्न पनि सकिने छ । सन्ततीको तर्फबाट सुख एवम् सन्तोष पाइनेछ । बुद्धिको चलख्याईले प्रेमि तथा प्रेमिकालाई आकर्षण गर्न सकिनेछ । आज यहाँलाई पाँच अंक, रातो रङ्ग फापकर हुनेछ भने शिक्षाक्षेत्रलाई सहयोग गर्नु पूण्यकर हुनेछ ।
मीन राशिः मीन राशिका व्यक्तिहरुको लागि आजको दिन होसियारी रहनुपर्ने दिन देखिएको छ । विनाकारण कसैसँग वा, द, वि, वा, द तथा म, न, मु, टा, व हुनसक्ने सम्भावना रहेको छ । व्यवहारमा जरुरी मात्रै राख्नु उपयुक्त हुनेछ । आज केही पारिवारिक समस्याको पनि सामाना गर्न पर्नसक्ने छ । अगाडि सारिएको काममा विलम्ब हुने तथा अबरोध आइपर्नसक्ने सम्भावना रहेकोले धैर्यताको मानसिकताको विकास एवम् अभ्यास अवलम्बन गर्नुपर्ला । आफ्नो कर्मक्षेत्रलाई निरन्तरता दिनाले भने केही लाभ गर्नसकिने छ । आज चार अंक, सेतो रङ्ग यहाँको लागि उपयुक्त हुनेछ भने आमाको आर्शिवादले यहाँलाई ठूलो हित गर्नेछ ।
admin
https://nep24khabar.com
Related Articles
राशिफल
हरेक क्षणमा झुट बोल्छन् यी राशिका व्यक्ति, रहनुहोस् होसियार
Posted on September 26, 2021 Authoradmin
Post Views: 133 काठमाडौँ । एक असल मानिस पनि झुट बोल्ने बानीको कारण खराब व्यक्तिमा गनिने गर्छन्। झुट बोल्न व्यक्तिले आफ्नो स्वार्थको लागि झुट बोल्ने गर्छन्। राशीले हरेक मानिसको व्यक्तित्व बारे बताउने गर्छ। ज्योतिष शास्त्र अनुसार झुट बोल्न चलाख राशीको बारेमा जानकारी दिन गइरहेका छौँ। मेष राशिः मेष राशी भएका वयक्तिहरु स्पष्ट व्यवहार गर्न रुचाउँछन् […]
राशिफल
पाथिभारा माताको दर्शन गरि कार्तिक ५ गते शुक्रबारको राशिफल हेर्नुहोस्
Posted on October 21, 2021 Authoradmin
Post Views: 484 मेषः बोलीको प्रभाव बढ्नेछ भने चिताएको काम पनि सम्पादन हुनेछ । आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ । व्यापारमा सामान्य फाइदा हुनेछ । सहयोगीहरूले हिम्मत दिलाउनेछन् । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । सुखद समाचारले उत्साह जगाउनेछ । […]
राशिफल
कहिलै हार मान्दैनन् यी ५ राशीका व्यक्तिले, जसले बदल्छन् आफ्नो भाग्य आफै
Posted on October 25, 2021 Authoradmin
Post Views: 55 काठमाडौँ । मानिसको स्वभावमा उसको राशिले पनि प्रभाव पार्छ । कोहि मानिस खुसमिजास हुन्छन्, कोहि रिसाहा हुन्छन्, कोहि मानिस निकै अल्छी हुन्छन् भने कोही मानिस निकै मेहनती हुन्छ । मानिसको स्वभाव कस्तो छ भनेर उसको राशिले पनि प्रभाव पार्छ। यी ५ राशिहरूले जीवनमा कहिले हार मान्दैनन्। आफ्नो लक्षे प्राप्तीकालागि यी राशिहरू कडा […]
Post navigation
नयाँ बानेश्वरमा संसद भवन नजिकै मुख्य सडकमा अचानक ठूलो भ्वागं परेपछि
तपाईको फेसबुक अकाउन्ट अब रहनेछैन, यस्तो नाम राख्ने गर्दैछ फेसबुकले तयारी
Leave a Reply
Your email address will not be published. Required fields are marked *
Comment
Name *
Email *
Website
Save my name, email, and