
नेपालमा जातीय छुवाछूतको उन्मुलन घोषणा भएको धेरै समय भै सक्यो । तर पनि त्यसबारेमा बनेका कानुनको सहि सदुपयोग र कार्यनयन नहुदाँ जातिय विभेद अझै बाकिँ नै छ । सरकारकि कानुनमा जातीय बिभेद नभएता पनि हाम्रो समाजमा भने अझै बाकी रहेको हामी देख्न सक्छौ । अहिलेको युवा पुस्तामा जातिय छुवाछूतको मानसिकता नदेखिएता पनि घरमा रहेका आफ्ना बाबू हजुरबुबाका पुस्तामा भएको उक्त सोचले गर्दा पनि अहिलेको युवा पुस्ता खुलेरै त्यसलाई ब्याबहारमा उतार्न सकेको देखिदैन।
यस्तै एक घटना अहिले मिडियामा आएको छ, बिनोद भण्डारी र सुसिला सार्कीको । सर्लाहीका बिनोद भण्डारी र स्याङ्जाकि सुसिला सार्कीबिच करिब ५ वर्ष अघि प्रेम बिबाह भएको थियो । भारतको नोयडा स्थिति एउटा घरमा काम गर्दै आएकी सुसिला र भारत कै दिल्लीमा काम गर्दै आएका बिनोद बिच पाचँ वर्ष प्रेम सम्बन्ध रहे पछि उनिहरु बिबाह बन्धनमा बाधिँएका थिए । उनिहरुकी अहिले एक १७ महिनाकी छोरी पनि छिन । तर बिनोदले भने अहिले आफुलाई वास्ता गर्न छोडेर आफ्नो खुशि गर्नु भन्दै हिडेका छन ।
भारतमा काम गर्दा आफुसगैँको घरमा काम गर्न आएकी लालबन्दी तिरकि एक जना महिला मार्फत बिनोदसगँ आफ्नो चिनजान भएको सुसिलाले बताएकि छिन । तिनै महिलाले बिनोदलाइज आफ्नो नम्बर दिएको र बिनोद लगातार फोनमा बोल्न थालेको उनले बताईन । केहि समय पछि बिनोदले आफुलाई मन पराउने र बिबाह गर्न चाहेको बताए पछि आफुले पछि परिवारमा जातिय कारण नराम्रो हुने भन्दै आफुले नमान्दा पनि बिनोदले जिद्दि गर्न नछोडे पछि आफुले बिबाह गरेको बताईन ।
बिनोदको जिद्दी पछि पनि आफुले बिनोदको परिवारसगँ कुरा गरेर मात्र बिबाह गर्ने बताए पछि उनका बाबुले पनि छोराले बिबाह गरि ल्याएको बुहारी हुने भन्दै आफू कुनै जात नहेर्ने बताएका कारणले आफुले बिबाह गरेको सुसिलाको भनाई छ । बिबाह पछि घरमा आउदा पनि राम्रै ब्याबहार गरेको उनी बताउँछिन । उनी आफुले बिनोदका बाबुको मृ’त्यु पछि कि’रि’या पनि गरेको बताएकी छिन । तर गत लकडाउनको समय भन्दा केही दिन अघि बिनोद रोजगारीका लागि भन्दै पुन ईन्डिया गए ।
उनी गोवामा हुदाँ लकडाउन भएको भन्दै ३ महिना गोवा बसे त्यहाँ बस्दा आफुले काम गर्न नपाएकोले भोकै बस्नु परेको भन्दै सुसिलालाई पैसा पठाईदिन भने पछि सुसिलाले पनि आफुले पहिले ईन्डियामा काम गरेको ठाउँमा सम्पर्क गरि उतै बाट गोवा पैसा पठाउन लगाईन । तर अहिले भने इन्डियनसगँ लागेकि भन्दै आफु अब सगै नबस्ने भन्दै आफ्नो खुशी गर भनी छोड्ने गरेको सुसिलाले बताईन । अहिले आफुसगँ कमाएको अलिकति पनि पैसा नरहेको उनले बताईन ।
आफुले कमाएको पनि सबै बिनोदलाई नै दिएकोले अहिले आफुसगँ केही नभएको उनले बताईन । अहिले उनी माइतिमै बस्दै आएको पनि उनले सुनाईन । सामान्य विवाद हुँदै पनि कहिलेकाहीँ सम्पर्कमा भै रहेका बिनोदले अहिले भने बिबाह गरि बसेको उनले बताईन । दशैमा काठमाडौँमा रहेकी सासुसगँ टीका लगाउन जाने भनी तयारी गर्दै गर्दा बिनोदले अर्कै केटिको नम्बरबाट फोटो पठाई फोनमा आफुले त भन्दा राम्रीलाई विवाह गरेको भन्दै आफुलाई कता जाने हो जा भन्ने गरेको उनले बताईन । (भिडियो हेर्नुस)