सोमबार १८ मंसिर २०८०

श्रीमति केसरिको १९ तारिक कोरियाको फ्लाइट हुने निश्चित भए पछि तिलक ११ तारिक नेपाल आउने भएका थिए । तिलक पनि नेपाल आएर श्रीमान श्रीमती सगैँ कोरिया फर्किने उनिहरुको योजना थियो । उनिअरुको टिकट लगायत सम्पुर्ण कुरा निश्चित भएको थियो । तर त्यो भन्दा अगाडि नै केशरी घरबाट हिडिन । केशरी हिडेको थाहा पाए पछि नेपाल आएका तिलकले खोजी कार्य गरे तर उनी कतै सम्पर्कमा न आएको तिलकले बताएका थिए । उनका अनुसार करिब १ करोड बराबर पैसा हिनामिना भएको तिलको भनाई थियो ।

तिलक मिडिया आए पछि अहिले केशरी पनि सम्पर्कमा आएकी छिन । फोन सम्पर्कमा आएकी केशरिले एक तर्फी मात्र कुरा सुनेर नहुने भन्दै आफ्ना पनि थुप्रै कुराहरु राख्नु पर्ने बताएकी छिन । आफू कतै नगएको र सुर्खेत मै माइतीघरमा रहेको उनले बताएकी छिन । आफुले घर छोडेर हिड्नु पर्ने कारणहरु पनि भएको र त्यो आफू तिलक सगै बसेर कुरा गर्ने बताएकी छिन । किसोरले पैसा हिनामिना गरेको आरोपको पनि आफू एक एक हिसाबकिताब दिने उनले बताएकी छिन ।

उनिहरुबिच फोन सम्पर्कमा कुराकानी हुदा एक अर्कालाइ केही आरोपप्रत्यारोप भएको छ । केशरिका अनुसार आफू सम्पर्कमामा आएर तिलकको परिवारमा सम्पर्क गर्दा तिलक आफै परिवारबाट पनि सम्पर्क बिहिन भै हिडेको बताईन । आफू नेपालगन्ज मामा घर गएर बसेको उनले बताएकी छिन । सानो सानो कुराको पनि हिसाब तिलकले खोज्ने गरेकाले आफू कोरिया जाने मिति भन्दा अघि आफ्नो कारोबार मिलाउनका लागि बाहिर जादाँ कारोबार नमिले पनि तनाव भएका कारण घर छोडेर गएको उनको भनाई छ ।

सुन राखेर साथिलाई दिएको पैसा न आए पछि तिलक सबै हिसाब खोज्दा आफुले देखाउन नसक्ने भएकोले त्यो पैसा नउठेको तनावका कारण यो सबै भएको उनको भनाई छ । केशरिको नामबाट काटिएको लखनौका लागि रेल टिकटको बारेमा भने आफुलाई केही जानकारी नभएको उनले बताइन । अनलाइन बाटै काटेको टिकटमा कस्ले आफ्नो नाम राखेर के का लागि काटेको हो त्यो आफुलाई थाह नभएको उनले बताएकी छिन । त्यही बेला आफ्नो मोबाइल पनि हराएकोले सम्पर्क हुन नसकेको उनले बताईन ।

एउटा ५ रुपैयाँको समान किनेको पनि हिसाब देखाउनु पर्ने भएकोले आईफोन हराउदा झन आफू के भन्ने डरले गर्दा घर जान नसकेर आफू मामाघर गएको उनले बताएकी छिन । साथै केशरिले नै लेखेको भनिएको नोट जसमा मेरो हुन नसकेको पोइ भनेर खगेन्द्र नाम गरेको ब्याक्तीको पनि नाम आएको थियो । त्यस बारेमा केशरिले आफुले त्यो नोट पनि नलेखेको बताईन । आफ्नो अक्षर र त्यो नोटमा भएको अक्षर पनि जचाउँन उनले भनेकी छिन । साथै खगेन्द्र भन्ने आफ्नो दाइ पर्ने भन्दै उनले पहिले देखि नै आफ्नो सम्पुर्ण परिवारसग पनि रान्रो सम्बन्ध भएको बताएकी छिन ।

तर तिलकले भने सबै झुटो भएको बताए । आफुलाई केशरी लगाएत उस्को परिवार फोन सम्पर्क भएको सबै डिटेल दिनु पर्ने तिलक बताउँछन । केशरिले भने तिलकले आफुलाई हुन्डी मार्फत कारोबार गर्न लगाउने, पैसा पठाए पनि सबै यता तिर उता ती भन्ने आफुलाई खर्च कहिल्यै नदिने गरेको बताईन । साथै तिलक घर आएको बेला कु’टपि’ट समेत गरेको उनको भनाई छ । आफू सबै प्रमाण दिने भन्दै आफुले कुनै गल्ती नगरेको आफू मिले बस्ने केशरिको भनाई छ । तर तिलक भने आफुलाइ पैसा पनि नचाहिने भन्दै सबै फोन डिटेल दिए केही सोच्ने बताए । (भिडियो हेर्नुस)


Last Updated on: October 26th, 2021 at 12:22 pm
२५९ पटक हेरिएको

तपाईको प्रतिक्रिया