सोमबार १८ मंसिर २०८०

काठमाडौं । सडक दुर्घटनामा परि साउदीमा एक नेपालीको ज्यान गएको छ । मदिना अलियामा ड्युटी जाने क्रममा सडक पार गर्ने क्रममा गाडीको ठक्करबाट रामेछापाका युवराज क्याप्छपी मगरको मृत्यु भएको साउदीस्थित नेपाली दूतावासले बताएको छ ।

उनको स्यायी ठेगानन रामेछाप नगरपालिका २ देउराली रहेको बताइएको छ । उनी बिगत ८ महिना अघि बैदेशिक रोजगारीका लागि साउदीको एक रेस्टुरेन्टमा काम पुगेका थिए ।

मृतक मगरको शव आवश्यक कानुनी प्रकिया पूरा गरि नेपाल ल्याउने तयारी भइरहेको दूतावासले जनाएको छ ।

पाँचथर, ९ कात्तिक – बाढीले बगाएर एक सातादेखि बेपत्ता भएका एक व्यक्तिको शव फेला परेको छ । मोटरसाइकलमा घर फर्कने क्रममा स्थानीय मालुवा खोलामा आएको बाढीले बगाएर बेपत्ता बनेका पाँचथरको फिदिम नगरपालिका–६ सिवाका प्रेम आलेमगरको शव सोमबार फेला परेको हो ।

मालुवा आएको बाढीले उनीसहित उनकी भतिजी सम्पदा आलेमगरसमेतलाई बगाई बेपत्ता बनाएको थियो । स्थानीयवासी र प्रहरीले खोजी जारी राखेकामा सम्पदाको शव तीन दिनअघि यहाँको शिवाखोलामा फेला परेको थियो । प्रेमको शव सोमबार शिवाखोलामै फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

यससँगै पाँचथरमा बाढीपहिरामा परी कारण ज्यान गुमाउनेको सङ्ख्या ३१ पुगेको छ । बाढीपहिरामा परी अझै तीन बेपत्ता छन् । उनीहरु सबै जिल्लाको मिक्लाजुङ गाउँपालिकाका हुन् । बेपत्ताको खोजीका लागि प्रहरीको तालिमप्राप्त कुकुर झिकाइएको छ । तालिमप्राप्त कुकुरसहितको टोली सोमबार मिक्लाजुङ–४ रबि आइपुगेको र आजदेखि खोजी सुरु हुने जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक डम्बर विश्वकर्माले जानकारी दिनुभयो । (रासस)

प्रतिकृया दिनुहोस

 


Last Updated on: October 26th, 2021 at 12:44 pm
१७४ पटक हेरिएको

तपाईको प्रतिक्रिया