सोमबार १८ मंसिर २०८०

ललितपुर जिल्ल्को लगनखेल स्थित फुटपातमा व्यापार गर्दै जिबिको चलाएका प्रेमदोर्जे तामाङका दुबै खुटा छैनन । व्हिल चियरमा हिड्ने उनी सडक छेउको फुटपाथमा सामान्य व्यापार गर्दै आफ्नो दैनिकि चलाउदै आएका थिए । तर अहिले उनलाई नगरपालिकाबाट खटिएका नगर प्रहरीले फुटपाथमा व्यापार गरेको भन्दै उनका सबै सामान फ्याकिदिए पछि उनको खाने लाउने आधार नै हराएको छ । अन्य केही काम गर्न नसक्ने उनी अब के गरेर खाने भन्ने चिन्तमा रहेको बताउँछन ।

गोदवारी नगरपालिकाले उनलाई दुबै खुट्टा गुमाएकाले अरु केही गरेर खान नसक्ने भएकोले यदि सडक छेउछाउको फुटपाथमा केही गरेर खान सकिन्छ भने केही गर्नु भनी प्रमाणपत्र बनाएर दिएको छ । तर नगरपालिकाबाट खटिएर आएका ती नगर प्रहरीहरुलाई उक्त प्रमाणपत्र देखाउदाँ पनि जस्ले प्रमाणपत्र दिएको हो उसैलाई देखाउनु भन्दै दादागिरी शैलिमा आफ्ना सामानहरु सबै फालिदुएको उनले बताए । यदि नगरपालिकाले दिएको प्रमाणपत्र नगरपालिकाकै कर्मचारीले मान्दैनन भने त्यसको के अर्थ भयो र ? भन्ने उनको प्रश्न छ ।

ललितपुर गोदवारी नगरपालिका १ बस्ने प्र्मदोर्जे तामाङको लगातार दुई दिन नगर प्रहरीले समान फालिदिए पछि आफुलाई गरिखान नदिएको भन्दै उनी मिडियामा आएका छन । बस्ने एउटा सामन्य छाप्रो भएको र खानका लागि आफुले दुख गर्नु पर्ने उनको भनाई छ । आफुले केही गर्न नसक्ने भएकाले सडकमा सामान्य ब्यापार गर्न आफुलाई दिनु पर्ने भन्दै उनले ललितपुर महानगरपालिकामा पनि भने पछि ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले पनि गोदवारी नगरपालिकाले दिएको प्रमाणपत्रलाई सदर गरिदिएको उनको भनाई छ ।

उनले व्यापार गर्दै आएको लगनखेल ललितपुर महानगरपालिका भित्र पर्दछ । ललितपुर महानगरपालिकाबाट पनि आफुले स्वीकृती पाए पछि आफू त्यही सडकमा व्यापार गर्दै आएको उनले बताए । तर केही दिन देखि आफूलाई कोरोना पोजेटिभ भए पछि श्रीमतिलाई ब्यापारका लागि पठाएको उनले बताए । डाक्टरहरुले दुई महिनासम्म बाहिर नहिड्नु भने पछि आफू घर मै बसि श्रीमतिलाइ पठाउदा नगर प्रहरीले सामान फालिदिएको उनले बताए । आफुहरुले सबैकुरा बताउँदा नमानेको उनको गुनासो छ ।

श्रीमतीले नगर प्रहरिलाई श्रीमानको यो अवस्था छ, नगरपालिकाको मेयर बाटै आफुहरुलाई सडकमा व्यापार गर्न स्वीकृति दिएकोले आफुले गरेको बताउँदै प्रमाणपत्र देखाउदा पनि नगर प्रहरिले बेवास्ता गर्दै सामान फालिदिएको उनले बताए । नगरपालिकाको प्रमाणपत्र देखाउदा मेयरले दिएको प्रमाणपत्र मेयरलाई नै गएर देखाउदै सामान जताततै फ्याकेको उनको भनाई छ । गुन्डागर्दी शैलीमा आफुहरुलाई ब्याबहार गरेको भन्दै उनिहरुलाई सजाय हुनु पर्ने उनको माग छ । ( भिडियो हेर्नुस)


Last Updated on: October 26th, 2021 at 2:21 pm
१५३ पटक हेरिएको

तपाईको प्रतिक्रिया