सोमबार १८ मंसिर २०८०

पछिल्लो समय युटुबको ट्रेण्डिँगमा रहन सफल फिल्मका नायक हुन्, रोहित रुम्बा । लामो समयदेखि फिल्म क्षेत्रमा रहेका रुम्बासँगै फिल्ममा दयाहाँग राई, बुद्धि तामाँग, अर्जुन ागेंरी डन, छुल्ठिम गुरुँग आदि कलाकारहरुको अभिनय रहेको छ ।

फिल्मले सबै दर्शकहरुबाट निकै राम्रो प्रतिक्रिया पाईरहेका समयमा नायक तथा फिल्मका निर्माता रोहित रुम्बा मिडियामा आएर गुनासो पोखेका छन् । फिल्म क्षेत्रमा २० बर्ष भन्दा माथि बिताएका रुम्बाले फिल्म क्षेत्रमा लागेर आफुले अहिलेसम्म दर्शकहरुको माया मात्र कमाएको बताए ।

शिशिर भण्डारीसँगको कुराकानीमा रोहितले आफु हरेक बिधामा जस्तै नृत्य, अभिनय र द्धन्दमा पोख्त भएपनि सोचे जस्तो सफलता भने पाउन नसकेको बताए । उनले आफुसँग सँघर्ष गरेका साथीहरु सफलताको शिखरमा पुगिसकेको तर थाहा छैन आफु चाहि सधैं उहि ठाउँमा कसरी भन्ने प्रश्न दर्शकहरुलाई नै सोधे ।

कुनै समय नैराश्यताको कारण चलचित्र क्षेत्र छोड्ने बिचार पनि गरेका उनले छोड्न भने सकेनन् । आखिर किन २१ वटा भन्दा माथि फिल्म खेलिसकेका यि हिरोलाई कसैले चिन्दैन ?

युक्त राज्य अमेरिकाको पश्चिमी तटीय राज्य, अलास्काको एक नगरपालिका, एंकरेजमा थुप्रै विदेशी राजपरिवारले भ्रमण गर्ने गरेका छन्। उनीहरूमध्ये अधिकांशको बसाइ छोटै हुने भए पनि यहाँ अचम्मैसँगै धेरै विदेशी राजपरिवारको आवतजावत हुने गरेको छ।

केही उल्लेखनीय नामहरूमा भर्खरै विवाह गरेका जापानका राजकुमार अकिहितो र राजकुमारी मिचिको पर्छन् जसले सन् १९६० मा करीब साँढे एक घण्टाको बसाइका क्रममा सुँड–हाड कुँदेर बनाइएको कलाकृतिका लागि ५० अमेरिकी डलर तिरेका थिए। त्यसको चार वर्षपछि, बेल्जियमका राजा बोदुआन र रानी फबिओलाले यूरोपदेखि टोक्योको लामो यात्रापछि विश्राम लिन एल्मेन्डोर्फ एयर फोर्स बेसमा एक रात बिताएका थिए। उनीहरूले हेलिकप्टरबाट शहरको भ्रमण पनि गर्न भ्याए।

सन् १९७५ मा नर्वेका राजा ओलाभ भी एंकरेज आए। ४० वर्षपछि उनका छोरा राजा हाराल्ड भी पनि एंकरेजमा भेटिए। यहाँबाट २२३ माइल्स टाढाको होमर शहर घुम्ने उनी पहिलो सत्तासीन राजा समेत बने।


Last Updated on: October 26th, 2021 at 4:11 pm
३५६ पटक हेरिएको

तपाईको प्रतिक्रिया