सोमबार १८ मंसिर २०८०

एजेन्सी । चीनले ४० लाख जनसंख्या भएको सहरमा आजदेखि पूर्ण लकडाउन लागू गरेको छ । सहरमा को’रो नाको संक्रमण बढ्दै गए पछि यो कदम चालिएको हो ।

मानिसहरूलाई आपत कालीन अवस्थामा मात्र बाहिर निस्कन भनिएको छ। चीनमा केस निकै कम भएपनि गान्सु प्रान्तको राजधानी लान्झाउलाई सावधानीका रुपमा लकडाउनमा राखिएको छ ।

हिजो मात्रै चीनमा २९ जनामा ​​संक्रमण देखिएको थियो । लान्झाउमा मात्र ६ जनामा ​​संक्रमण देखिएको थियो ।

समाचार एजेन्सी एएफपीका अनुसार सहरका अधिकारीहरूले लान्झाउमा प्रवेश र निकास पूर्ण रूपमा नियन्त्रण गरिने बताएका छन्। प्रशासनले एक विज्ञ प्तिमा भन्यो, ‘सबै मानिसहरू आफ्नो आवास परिसर भित्रै बस्नु पर्छ।’

यसअघि पनि उत्तरी चीनमा हजारौं मानिसहरूलाई घरमै बस्न कडा आदेश दिइएको थियो। चीनमा को’रो नाको पछिल्लो संक्रमण डेल्टा भेरियन्टसँग जोडिएको छ । प

रीक्षण बढेसँगै संक्रमितको संख्या पनि बढ्न सक्ने स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले एक हप्तामा को’भिड संक्रमण ११ राज्यमा फै’लिएको जनाएको छ । राजधानी बेइजिङमा मात्र कोरोना संक्रमितको संख्या २१ पुगेको छ ।

 


Last Updated on: October 27th, 2021 at 9:03 am
७१९ पटक हेरिएको

तपाईको प्रतिक्रिया