
त्रिभुवन विश्वविद्यालय अन्तर्गत ब्याचलर अफ बिजनेस म्यानेजमेन्ट (बीबीएम) संकायको पाँचौं सेमेष्टरको परीक्षामा मकवानपुर बहुमुखी क्याम्पसकी विद्यार्थी मनिषा लुईंटेल नेपाल प्रथम भएकी छिन् ।
उनले बीबीएम संकायको पाँचौं सेमेष्टरमा ३.९ सिजिपिए प्राप्त गर्दै नेपाल प्रथम भएकी हुन् । त्यस्तै मकवानपुर बहुमुखी क्याम्पसकै प्रजिता सुवेदीले ३.८८ सिजिपिए सहित नेपाल द्वितीय भएकी हुन् ।**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**
काठमाडौं । दशौं महाधिवेशन तयारीमा जुटेको नेकपा (एमाले) मा उषाकिरण भण्डारीसहितका केही नयाँ अनुहारलाई नेतृत्वमा ल्याउने तयारी भइरहेको छ ।
मदन भण्डारी तथा राष्ट्रपति विद्यादेवी भण्डारीकी जेठी छोरी हुन् । अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य भएकी उषाकिरण मदन भण्डारी फाउण्डेशनको अध्यक्षसमेत रहेकी छिन् ।
भविष्यमा एमालेको नेतृत्वमा स्थापित गर्ने उद्देश्यसहित भण्डारीलाई दशौँ महाधिवेशनबाट पार्टीको मुख्य जिम्मेवारी दिइने एमाले उच्च स्रोतले बताएको छ ।
दशौं महाधिवेशनबाट एकपटक अध्यक्ष बनेर राजनीतिक जीवनबाट बिदा लिने तयारी गरेका ओलीले मदन भण्डारीका छोरीलाई आफ्नो उत्तराधिकारीका रुपमा स्थापित गर्न खोजेका हुन् ।