
वैदेशिक रोजगारीका लागि साउदी अरब गएका बिन्दे मिजा करि साढे तीन वर्ष पनि घर फर्किए । तर उनी घर फर्किएको हप्ता दिन नबित्दै उनकी श्रीमती भने अर्कै सगँ भागेकी छिन । साथै आफुले कमाएको पैसा समेत अहिले केही बाकिँ नभएको बिन्दे मिजा बताउँछन । करिव ९ वर्ष देखि साउदी बस्दै आएका बिन्दे मिजा पछिल्लो समय भने ३ वर्ष अगि साउदी गएका थिए । आफू बिदेशमा भए पछि यता श्रीमती अर्कैसगँ लागेर दुख गरि कमाएको सबै सकेर हिडेको उनको गुनासो छ
करिव २२ वर्ष अघि बिन्दे मिजा र निरमाया बलले प्रेम बिबाह गरेका थिए । उनिहरुका दुई छोरा र एक छोरी छन । अहिले निरमाया छोराछोरी पनि छोडेर गाउकैँ एक तामाङसग गएको भन्ने आफुले सुनेको बिन्दे मिजाले बताएका छन । आफू बिदेश मै हुदा गाउँ तिर बाट श्रीमती अरु सगैँ हिड्ने डुल्ने गरेको भन्दै आफुलाई भन्ने गरेको र आफुले श्रीमतिलाई त्यस बरेमा सोधपुछ गर्दा गाउँहरुले आफुले बसेत खाएको, लाएको देख्न नसगकेर विभिन्न कुराहरु लाएको भन्दै संका नगर्न भन्ने गरेको बिन्दे बताउँछन ।
आफू घर आएर श्रीमती हिडे पछि छोराछोरीहरुलाई बुझ्दा पहिलेदेखी नै निरमाया फोनमा बोल्ने गरेको बुझेको बिन्देले बताए । छोराछोरीहरुले पनि आमाको डरले पहिले केही नभएको आफुलाई बताएको उनको भनाई छ । घरमै आएर उक्त केटा बस्ने गरेको पनि आफुलाई छोराछोरीहरुले बताएको बिन्देले सुनाएका छन । आफू बिदेशमै रहदाँ पनि फोनमा बोल्दै गर्दा अरु मोबाइलमा पनि फोन बजेको सुन्ने गरेको र फोन कस्को हो भनेर सोधपुछ गर्दा गाउँ तिरको चार्ज गर्न ल्याएका भन्ने गरेको उनले बताए ।
साउदिमा आफ्नो मासिक ३६ हजार नेपाली रुपैयाँ बच्ने गरेको र त्यो सबै पठाउने गरेको उनले बताए । घर खर्छ गर्ने तथा छोराछोरीको स्कुलका लागि भन्दै पैसा पठाउन भन्ने गरेको र आफुले पनि पठाएको उनले बताए । अहिले अफुले पठाएको सबै प्रमाण आफुसगैँ भएको भन्दै बिगत ३ वर्ष यताकै जम्मा १३ लाख जति भएको उनको भनाई छ । त्यो सबै पैसा घर खर्च मै नसकिने उनले बताए । श्रीमतिले घरमा केही बनाउनु पर्ने भन्दै त्यो पैसा खर्च भएको बताएको उनको भनाई छ ।
तर आफू घर आउँदा घर आफुले जस्तो छोडेर गएको त्यस्तै भएको उनले बताए । अब यदि श्रीमती फेरि फर्किएर आए पनि आफू नराख्ने बताएका छन । तर आफुले कमाएर पठाएको पैसाको हिसाबकिताब आफुलाई दिनु पर्ने भन्दै आफू मिडियामा आएको उनको भनाई छ । यदि सबै पैसा घर खर्चमै सकिएको भए के के कुरामा सकियो त्यो हिसाबकिताब आफुलाई दिनु पर्ने उनको भनाई छ । होइन भने घर खर्चमा सकिएको पैसा कटाएर बाकी भएको सबै रकम आफुले पाउनु पर्ने उनको भनाई छ । (भिडियो हेर्नुस)