बिहिबार ११ आश्विन २०८०

काठमाडौ । मैले घरको दैलो नाघिसकें अब म त्यो घरमा फर्कन्न । म कसैसंग पोइल आएको पनि होइन । अरुसंग फोनमा कुरा गरेको विषयमा श्रीमानसंग विवाद भयो । श्रीमानले मेरो घरको खाने अरुसंग कुरा गरेर समय विताउन पाइन्न जो संग कुरा गरेकी होस् उसैसंग जा भनेपछि आफुले घर छोडेर हिँडेको विमला राईले बताएकी छन् । उनी हराएपछि श्रीमानले खोजीका लागि भन्दै मिडियामा उनको फोटो सार्वजनिक गरेका थिए ।

संखुवासभा धर्मदवी नगरपालिका वडा नं ५ की विमला राई केही समय देखि हराएकी थिइन् । उनी मोरङमा फेला परेकी हुन् । घरवाट हिँडेपछि श्रीमानको आफन्तलाई फोन गरेर आफु झापा आएको बताएकी उनी मोरङमा फेला परेकी हुन् । उनका श्रीमान वलबहादुर दर्नालले श्रीमती हराएको भन्दै खोजीका लागि भन्दै सार्वजनिक रुपमा अभिब्यक्ति दिएका थिए ।

SUGGESTED NEWS
Mgid
Mgid

It Must Have Been A Kind Of Hell For A Little Chrissy Metz
Limelight Media

What If Covid-19 Hit Disney?
Zestradar

6 Album Covers Transformed For Middle-East Beyond Recognition
Zestradar

7 Proven Attraction Facts To Use The Next Time You Go On A Date
Zestradar

 

श्रीमान बदबहादुरले विदेशमा रहेका तेज परदेशी राई भन्ने ब्यक्तिका कारण हराएको आरोप लगाएका छन् । बलबहादुर र विमलाका ठूला छोराछोरी समेत छन् । छोराछोरीलाई घरमै छोडेर उनी हिडेकी हुन् । बलबहादुर कामका लागि नुवाकोटमा थिए ।

मोरङमा फेला परेकी विमलाले पनि तेज परदेशी राईसंग आफ्नो फोनमा कुरा हुने गरेको स्वीकार गरेकी छन् । तर फोनमा कुराकानी भएपनि उनीसंग अन्य केही सम्बन्ध भने नभएको उनको भनाई छ । आफुले दाजु भनेर सम्बोधन गर्ने र दाईकै रुपमा आफुले हेरेको उनको भनाई छ । तेजसंग आफ्नो गाउँले सम्बन्ध भएको र संगै खेल्दै हुर्कदै गर्दा चिनजान भएको बताएकी छन् । उनले नाता केही नलागेपनि सानै देखि संगै हुर्केका कारण दाई बहिनी जस्तो सम्बन्ध रहेको बताएकी छन् ।


Last Updated on: May 16th, 2021 at 6:42 pm
६८२ पटक हेरिएको

तपाईको प्रतिक्रिया