सोमबार १८ मंसिर २०८०

काठमाडौं। जारी विश्वकपमा गएराती भएको खेलमा अफगानिस्तानका खेलाडीहरुले स्कटल्याण्डविरुद्ध निकै शानदार प्रदर्शन गरे । उनहिरुले स्कटल्याण्डलाई १३० रनको विशाल अन्तरले पराजित गरे र समूह २ को अंब तालिकामा शीर्ष स्थानमा पुगे । खेल सुरु हुनुभन्दा अगाडि भने निकै भावुक दृश्य देखियो ।

खेल सुरु हुनुभन्दा अगाडि अफगानिस्तानको राष्ट्रगान बज्दा अफगानिस्तानका खेलाडी र फ्यानहरु निकै रोए । देशको राष्ट्रगानले उनीहरुलाई निकै भावुक बनाएको थियो । यो घटनाको भिडियो सामाजिक संजालमा भाइरल भइरहेको छ । भिडियोमा टिमका कप्तान मोहम्मद नबी आफ्नो आँसु पुछिरहेका देखिन्छन् ।

अफगानिस्तानमा अहिले तालिबानको नियन्त्रण छ । तालिबानले त्यहाँ महिला क्रिकेटमा प्रतिबन्ध लगाएको छ । साथमा तालिबानी झण्डा पनि निर्धारण गरेर त्यसको कडाइका साथ सम्मान गर्न भनेको छ । यस्तोमा क्रिकेट खेलाडीले जुन राष्ट्रप्रेम देखाएका छन् त्यसको सर्वत्र प्रशंशा भइरहेको छ ।


Last Updated on: October 27th, 2021 at 1:33 pm
१५१ पटक हेरिएको

तपाईको प्रतिक्रिया