सोमबार १३ मंसिर २०७८

एजेन्सी । आफुले जन्माएर हुर्काएको सन्तानको नि’धनमा जो कोहि पनि भावबिह्वल हुनु सामान्य कुरा हो । तर आँफुले जन्माएर १९ वर्ष पुगेको छोरोको निध’न हुनु र नि’धन भएको छोरा २ वर्षपछि आउदा जन्मदिने आमालाई कस्तो होला ? प्रसंग हो अमेरिकाको अलास्कामा हालै घटेको एउटा घट’नाको ।

बेकी टर्नी नामक महिलाले आफ्ना छोराको रुपमा छोराकै मुटु प्रत्यारोपण गरिएका युवकलाई देखेपछि निकै दंग परिन् । अझ यो सप्राइज उनलाई आफूले विवाह गर्न लागेको केटाले दिएका कारण उनी अझ खुशी भइन् |

दुलही बनेकी बेकी टर्नी दंग भइन्, उनको गला अवरु’द्ध भयो । दुलाहा बनेका केलीले बेकीलाई उनको म’रिसकेको भनिएका छोराको याद दिलाएर उपहार दिएका थिए ।

बेकीका छोरा सन् २०१५ मा १९ वर्षको उमेरमा बितेका थिए । ४० वर्षकी बेकीले पनि आफ्नो छोराको मुटु प्रत्यारोपण गरेका ज्याकवको धडकन स्टेथेस्कोप लगाएर सुनेकी थिइन् ।

उनको यही तस्बिर अहिले सामाजिक सञ्जालमा निकै फैलिएको छ । ज्याकव बिहेको समारोहमा उपस्थित हुन ४ हजार ८ सय किलोमिटरको यात्रा गरेर आएको डेलिमेलले लखेको छ ।

काठमाडौं । विद्युत महसुल अव घट्ने भएको छ । यही मंशीरदेखि लागु हुने गरि विद्युत महसुल घट्ने भएको हो । विद्युत नियमन आयोगले विद्युत महशुल दर घटाएको छ ।

नेपाल विद्युत प्राधिकरणको सिफारिसमा आयोगले नयाँ महशुल दर तोकेको जनाएको छ । आयोगका अनुसार नयाँ विद्युतदरमा विपन्न वर्ग अर्थात ५ एम्पियरबाट मासिक २० युनिटसम्म खपत गर्ने उपभोक्तालाई ईनर्जी शुल्क छुट गरिएको छ र न्यूनतम मासिक शुल्क ३० रुपैयाँ तिरे पुग्ने बताइएको छ ।

मासिक ३० रुपैयाँ मात्रै सर्भिस चार्ज लिने व्यवस्थाबाट करिब २२ लाख ग्राहकले लाभ लिने आायोगले जनाएको छ । आयोगले २० युनिटसम्मलाई पहिलो स्ल्याबका रुपमा वर्गीकरण गरेको छ भने २१ देखि ३०, ३१ देखि ५०, ५१ देखि १००, १०१ देखि २५० र २५१ युनिट भन्दा माथिसम्म गरि विभिन्न स्ल्याब कायम गरेको छ ।

महिनामा १०१ युनिटभन्दा बढी खपत गर्ने ग्राहकले तिर्नुपर्ने महसुल कम भएको जनाइएको छ भने १०१ युनिट भन्दा माथिका २ वटा स्ल्याबमा प्रतियुनिट ५० पैसादेखि एक रुपैयाँसम्म महसुल कम भएको छ । यसले इन्डक्सन चुल्हो प्रयोग गर्ने ग्राहकलाई फाइदा पुर्याएको छ ।

४ सय युनिटभन्दा माथि विद्युत खपत गर्ने उपभोक्तालाई इनर्जी शुल्कमा प्रतियुनिट १ रुपैयाँ घटाएर ११ रुपैयाँ तोकिएको छ । आयोगका अनुसार सबैभन्दा बढी लाभ सिँचाइका ग्राहकलाई दिइएको छ । सिँचाइका ग्राहकले ८० प्रतिशतसम्म महसुल छुट पाएका छन् ।


Last Updated on: October 28th, 2021 at 9:14 am
१३२ पटक हेरिएको

तपाईको प्रतिक्रिया