
काठमाडौं – नेपालमा कोरोनाभाइरसको संक्रमण बढ्दै जाँदा अस्पतालमा अक्सिजनको अभाव पनि हुन थालेको छ ।
यस्तो अवस्थामा सरकारले चीन र ओमनबाट अक्सिजनका खालि सिलिन्डरहरु ल्याउन थालेको छ । यस्तै नेपाली चलचित्र क्षेत्रका कलाकारहरु पनि कोरोनाका बिरामीलाई निःशुल्क अक्सिजन ग्यास उपलब्ध गराउन लागि परेका छन् ।
अभिनेता निखिल उप्रेती, पल शाह लगायतका कलाकारहरु कोरोनाका बिरामीलाई अक्सिजनको समस्या हुन नदिन सहयोग गरिरहेका छन् । यसैबीच कलाकार राजाराम पौडेलले पनि कोरोना संक्रमितका लागि अक्सिजन ग्यास उपलब्ध गराउन आर्थिक सहयोग गरेका छन् ।
उनले वैज्ञानिक महाविर पुनको संस्था राष्ट्रिय आविस्कार केन्द्रलाई एक लाख रुपया सहयोग गरेका छन् ।
उनले आविस्कार केन्द्रलाई अक्सिजन खरिदका लागि एक लाख दिएका हुन् । पैसाको समस्याले गर्दा अक्सिजन नपाएर धेरैले ज्यान गुमाउनु परेको भन्दै उनले आफुले सहयोग गरेका उनको भनाई छ ।