
भान्जी लिएर श्रीमान हिडेपछी उनकी श्रीमती मिडियामा आएकी थिइन । भान्जी लिएर फ’रार भएपछी प्रेम जोगि सम्पर्क बिहिन भएका थिए । अघिल्लो दिन मात्र फोन सम्पर्कमा आएका उनी अहिले भने बिराटनगर प्रहरी कार्यालय प्रत्येक्ष उपस्थित भएका छन । फोन सम्पर्कमा आउदा उनले मिडियासंग बोल्दै आफुले १० वटा पनि बिहे गरेर बस्न सक्ने भन्दै जे गर्न सक्छु गर भन्दै धम्काएका थिए । मिडियाले एक पक्षको मात्र कुरा सुनेर आफ्नो बेइज्जत गरेको उनको भनाई थियो । आफू अब अझ बेइज्जत हुन कसैको सामु न आउने पनि उनले बताए थिए
तर अहिले उनी प्रत्यक्ष उपस्थित भए पछि उनका श्रीमती, छोरा सहित जेठान पनि बिराटनगर पुगेका हुन । आफ्नो बहिनी तथा भान्जाहरुको बिचल्ली बनाएर अर्कि लिएर किन हिडेको भन्दै प्रेमका जेठानले प्रश्न गरे पछि उनिहरुको चर्काचर्की परेको हो । आफू बिदेश बस्दा श्रीमतिले घरमा ऋण मात्र थपेकोले आफुले त्यो तिर्न नसक्ने भन्दै हिडेको बताए । तर उनकी श्रीमतिले भने बिदेशबाट ८/१० हजार महिनामा पठाउने गरेको र घरमा भने छोराहरु बोर्डिङ स्कुल पढ्ने, दुई जना भान्जी र एक जना आमाजु पनि सगै राखेकोले भान्जिहरु कलेज पढ्ने खर्च सम्पुर्ण आफैले ब्याहोर्नु परेकोले श्रीमानलाई जानकारी गराएरै ऋण लिएको बताईन ।
करिब दुई वर्ष अघि बाट भने उनिहरु दमक बस्दै आएका थिए । जहाँ उनको ससुराली घर रहेको छ । घरम ऋण भएर आफू भागेको वताए पनि प्रेमले भान्जी भगाएर लगेको स्थानीयहरुको पनि भनाई थियो । तर अहिले पनि प्रेम जोगि भने उक्त भान्जी लगेको कुराको बारेमा भने कुनै कुरा गर्न चाहादैन । आफू घर आउन खोजेको भएता पनि श्रीमतीले मान्छे लगाएर आफुलाई केही गराउने जानकारी पाएर भागेको उनी बताउँछन । तर श्रीमतिले भने उक्त कुरा झुटो भएको भन्दै जानकारी कस्ले दियो त्यो खुलाउन भन्दा प्रेम जोगिले उक्त कुरा खुलाएनन ।
केही समय अघि डिएपि को भाइ भन्दै एक ब्याक्तीले फोन गरेर आफुलाई विभिन्न धम्की दिदै प्रेम जोगिको नागरिता मागेको पनि उनका जेठानले बताए । त्यो ब्याक्तीलाई के आधारमा फोन गर्न लगाएको भन्ने बारे पनि प्रेम जोगिले कुनै प्रतिक्रिया दिएनन । बरु उल्टै मिडिया लगायतले आफ्नो बेइज्जत गर्दै घर बिगार्न खोजेको आरोप लगाई रहे । आफू मिलेर बस्न आएको तर यहाँ बितेको कुरा गरेर आफुलाई फसाउन खोजेको प्रेम जोगिले आरोप लगाएका छन । अब यहाँ आफु केही गर्न नसक्ने तर पहाडमा जग्गा जमिन छ त्यही गएर गरेर खाने भए आफू श्रीमती छोराछोरी लिएर जाने बताए ।
उनले भगाएर लगेकी भनिएकी भान्जीको बारेमा बुझ्दा झोटो आरोप लगाई बेइज्जत गर्न खोजेको उनले दोहोर्याएका छन । आफुले भान्जी लिएर नगएको भन्दै सबैलाई बुझ्न उनले भनेका छन । ती भान्जिलाई सम्पर्क गराउनु भन्दा आफुसगँ नम्बर पनि नभएको र सम्पर्क पनि नभएको उनले बताए । तर बैशाख पाचँ गतेबाट बिराटनगरमा एउटा कोठा लिएर उनिहरु बसेको खुलेको छ । उक्त घरकी घरबेटीले उक्त कुरा बताएकी छिन । तर अहिले उनिहरु त्यहा छैनन । उक्त कोठा हेर्दा एउटा बेड र केही समान देखिएको थियो । (भिडियो हेर्नुस)